images

शनिवार, बैशाख २२ गते २०८१

सकियो लुम्बिनीमा त्रिपिटक पाठ

सकियो लुम्बिनीमा त्रिपिटक पाठ

images
images
images
मंगलवार, फाल्गुण २२ २०८०
मंगलवार, फाल्गुण २२ २०८०
  • सकियो लुम्बिनीमा त्रिपिटक पाठ

    लुम्बिनी, २२ फागुन ।
    बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालित तीनदिने तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन मंगलबार सकिएको छ । अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोष, लुम्बिनी साँस्कृतिक नगरपालिकासहित विभिन्न संस्थाको सह–आयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ (वाचन) गरिएको हो ।

    images
    images
    images

    त्रिपिटक पाठको मंगलबार निवर्तमान शिक्षामन्त्री अशोक राईले एक समारोहकाबीच समापन गरे । समापन समारोहलाई सम्बोधन गर्दै राईले बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्धका शिक्षाहरुको संगालो त्रिपिटक पाठले विश्वभर सकारात्मक सन्देश प्रवाह गरेको बताए । गौतमबुद्ध एसियाको मात्रै नभएर विश्वकै प्रकाश भएको बताउँदै बुद्धको शिक्षा विश्वका लागि अपरिहार्य भइसकेको उनले बताए । उनले विश्वमा देखिएको अशान्ति र अहिंसालाई सही मार्गमा ल्याउने बुद्धको शिक्षाहरु पवित्रस्थल लुम्बिनीमा वाचन गरिने कुरा आफैमा स्मरणीय रहेको बताए ।

    त्यस्तै उक्त अवसरमा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु फ्रा खु्र धमेशभनले आजको आधुनिक समाजमा बुद्ध शिक्षाको आवश्यकता बढ्दै गएको बताए । उनले महासंघले तेस्रोपटक लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचन गर्न सफल भएको बताउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

    कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले लुम्बिनीमा तीनदिने त्रिपिटक पाठले यहाँको व्यवसायलाई समेत चलायमान बनाएको र बुद्ध शिक्षालाई विश्वव्यापी बनाउने काम गरेको बताइन् । 

    त्यस्तै लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीको पर्यटन प्रवद्र्धनसँगै बुद्ध शिक्षालाई अन्तर्राष्ट्रियकरण गराउनका लागि त्रिपिटक पाठले महत्वपूर्ण योगदान दिएको बताए ।  

    समापन समारोहमा थाइल्याण्डका बौद्धधर्म गुरु सोमदेज फ्रा महामुनीयोङको लिखित शूभकामना सन्देश वाचन गरी सुनाइएको थियो । 

    साथै उक्त अवसरमा त्रिपिटक कार्यक्रमका लागि सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको महासंघका महासचिव भिक्षु निग्रोधले जानकारी दिए ।

    IMG_4923.JPG

    गौतमबुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको संग्रहित ग्रन्थ त्रिपिटक हो । अपि धम्म शुत्र पिटक, शुत्त पिटक र सम्राट अशोकको पालामा दोस्रो शताब्दी ईशापूर्वमा लेखिएको विनय पिटक गरी ३ ग्रन्थलाई मिलाइ बनाइएको ग्रन्थलाई नै त्रिपिटक भनिन्छ । त्रिपिटक बौद्ध धर्मको मूल ग्रन्थ हो । हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले अवलम्बन गर्ने यो ग्रन्थमा बुद्धको उपदेश संग्रहित छ । यो ग्रन्थ पाली भाषामा लेखिएको भएपनि धार्मिक प्रभाव अनुसार विभिन्न भाषामा अनुवाद गरिएको छ ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij