images

सोमवार, बैशाख १७ गते २०८१

अनेमसंघ रुपन्देहीद्वारा आम्दा परिसरमा सरसफाई

अनेमसंघ रुपन्देहीद्वारा आम्दा परिसरमा सरसफाई

images
images
images
मंगलवार, फाल्गुण २२ २०८०
मंगलवार, फाल्गुण २२ २०८०
  • अनेमसंघ रुपन्देहीद्वारा आम्दा परिसरमा सरसफाई

    बुटवल, २२ फागुन ।

    images

    अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) रुपन्देहीले बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

    सरसफाई कार्यक्रमको उद्घाटन अनेमसंघ स्थायी कमिटी सदस्य थानकुमारी थापाले गरेकी थिइन् । ‘समान सहभागिता र सशक्तिकरणका लागि महिलामा लगानी’ भन्ने मूल नारासहित अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आम्दा अस्पताल परिसरमा सरसफाई गरिएको अनेमसंघ रुपन्देहीकी अध्यक्ष मधुकला कुँवरले जानकारी दिइन् ।

    यसवर्षको ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अर्थात् ८ मार्चको अवसरमा अनेमसंघले विभिन्न कार्यक्रम गर्ने जानकारी पनि दिएको छ । संघले १६ दिने अभियान अन्तर्गत सरसफाई कार्यक्रम गरेको हो ।

    अनेमसंघ रुपन्देहीकी अध्यक्ष कुँवरले अस्पताल परिसरमा स्वच्छ र स्वस्थ वातावरण निर्माणका लागि पनि सरसफाई जरुरी भएकाले आम्दा परिसरमा सन्देशमूलक ढंगले सरसफाई कार्यक्रम गरिएको बताइन् ।

    सरसफाई कार्यक्रममा अनेमसंघ रुपन्देहीमा आबद्ध महिलाहरुको सक्रिय सहभागीता रहेको थियो । कार्यक्रममा अनेमसंघ रुपन्देहीमा आवद्ध महिलाहरुको सक्रिय सहभागिता रहेको थियो ।

    कार्यक्रमका अवसरमा अस्पतालका वरिष्ठ अधिकृत शिवप्रसाद कंडेलले स्वस्थ र निरोगी रहनका लागि सरसफाई पहिलो शर्त रहेको भन्दै अनेमसंघले प्रशंसनीय काम गरेकोमा धन्यवाद दिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij