images

सोमवार, बैशाख १७ गते २०८१

प्रदेश सांसद् के.सी.को प्रश्न : यो देशमा छोरी भएर जन्मनु अभिशाप हो ?

प्रदेश सांसद् के.सी.को प्रश्न : यो देशमा छोरी भएर जन्मनु अभिशाप हो ?

images
images
images
सोमवार, फाल्गुण २१ २०८०
सोमवार, फाल्गुण २१ २०८०
  • प्रदेश सांसद् के.सी.को प्रश्न : यो देशमा छोरी भएर जन्मनु अभिशाप हो ?

    भैरहवा, २१ फागुन । लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे (के.सी.) ले के यो देशमा छोरी भएर जन्मनु अभिशाप हो भन्दै प्रश्न गरेकी छन् । लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशन अन्तर्गत आइतबार तेस्रो बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन् । 

    images

    फागुन १२ गते चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा १३ वर्षिय शालिन पोखरेल मृत फेला परेको घटनाप्रति दुःख व्यक्त गर्दै प्रदेश सभा सदस्य केसीले निष्पक्ष छानबीन गर्न माग गरिन् । उनले भनिन्, ‘झुण्डिएको अवस्थामा कक्षा ८ मा अध्ययनरत बालिका मृत अवस्थामा फेला परेकी छन् । विद्यालय जस्तो पवित्र र संवेदनशील क्षेत्रमा घटना भएको छ । हाम्रो समाज कता जाँदै छ ? ’ प्रदेश सरकार यस विषयमा गम्भिर हुनुपर्ने उनको माग छ ।

    लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश संसदीय दलको प्रमुख सचेतक समेत रहेकी के.सी.ले ठूला संरचना बनाएर मात्र नहुने भएकाले बनेको संरचना सञ्चालन हुनुपर्ने धारणा रािखन । उनले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको झण्डै २ वर्ष पुग्न लाग्दा पनि पूर्ण र नियमित रुपमा सञ्चालन हुन नसकेको बताइन् ।

    उनले भनिन्, ‘राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको यो विमानस्थलमा सरकारले अरबौं लगानी गरेको छ । विमानस्थल सञ्चालन हुने आशाले निजी क्षेत्रले पनि अरबौंको लगानी गरेका छन् । चर्को ब्याजमा ऋण लिएका व्यवसायीहरु झनै मर्कामा पर्नुभएको छ ।’ सांसद् के.सी.ले विमानस्थल सञ्चालनका लागि संघ सरकारसँग प्रदेश सरकारले निरन्तर समन्वय गर्नुपर्ने बताइन्।

    अर्थ, उद्योग तथा पर्यटन समितिकी सदस्य समेत रहेकी के.सी.ले संघीयतालाई बलियो बनाउन प्रदेश सरकारलाई अझै बलियो बनाउनुपर्ने बताइन् । उनले सबै अधिकार केन्द्रीकृत गर्ने हो भने जनताले संघीयताको अनुभुति गर्न नसक्ने उल्लेख गरिन्।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij