२०८३, आश्विन १६ गते

Oct 02 2026 | २०८३, आश्विन १६ गते

पीडितलाई न्याय हुनेगरी संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून निर्माण हुनुपर्छ : सभामुख घिमिरे

सोमवार , फाल्गुण २१, २०८०

  • 739
    Shares
  • 739
    Shares
  • काठमाडौं, २१ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पीडितलाई न्याय हुनेगरी संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून निर्माण हुनुपर्ने बताएका छन्।

    सोमवार शहीद यदुकुमार गौतमको २५ औं स्मृति दिवसमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले करिव १७ वर्ष पूरा हुँदा पनि अहिलेसम्म अहिलेसम्म न्याय निरुपण गर्ने काम नहुनु दुःखद् भएको बताए । उनले अहिलेसम्म यो न्याय निरुपण गर्ने काम रहेको आज कानून समितिबाट पास हुनेमा विश्वस्त रहेको बताए ।

    उनले शस्त्र क्रान्तिको कार्यक्रम लिएर आएकाहरु आज सरकारमा हुँदा पनि कानून निर्माण नहुनु र पीडितले न्याय नपाउनु दुःखद् भएको बताए । उनले शान्ति प्रक्रिया टुंग्याउन २०६३ सालमै शाीन्तको घोषणा गर्दा द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्ने, अब द्वन्द्वले पारेका असर अन्त्य गर्न सत्य निरुपण तथा मेलमिलाप वातावरण बनाउन कानून बनाउने र त्यो बाटोबाट हिजोका अशान्तिका घटनाहरु सदाको लागि अन्त्य गरेर अघि बढ्ने घोषणा भएपनि हालसम्म कानून नबन्नु दुःखको कुरा भएको बताए ।