२०८२, फाल्गुण १८ गते

Mar 02 2026 | २०८२, फाल्गुण १८ गते

डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन नेपाल लुम्बिनीको संयोजकमा अर्याल

सोमवार , फाल्गुण २१, २०८०

  • 940
    Shares
  • 940
    Shares
  • रुपन्देही, २१ फागुन ।
    डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएशन नेपाल (डान), लुम्बिनी प्रदेश संयोजन समितिको प्रादेशिक भेला तथा दोस्रो प्रदेश अधिवेशन भैरहवामा सम्पन्न भएको छ । डान लुम्बिनीका संयोजक नवराज भण्डारीको अध्यक्षता, लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीको प्रमुख आतिथ्यता, नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणको विशिष्ट आतिथ्यता भेला सम्पन्न भएको हो । 

    कार्यक्रममा बोल्दै प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले विज्ञलाई पार्टीमा उचित भूमिका दिदा पार्टी र देश दुवैलाई फाइदा हुने बताए । कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले डानलाई पेशाको हकहित र मर्यादा कायम गर्नुपर्ने जिम्मेवारी रहेको बताए । 

    कार्यक्रमका अध्यक्ष नवराज भण्डारीले डानले आगामी दिनहरुमा प्रदेशको कृषि सम्बन्धि विविध योजनासहित योजना आयोगलाई बुझाउने बताए । कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति सुशील गुरुङको उपस्थिति रहेको थियो ।

    अधिवेशनले डान लुम्बिनी प्रदेशको ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ । गहुँबाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक लक्ष्मण अर्याल संयोजक रहेको समितिमा एनसीडीसी दाङका कृषि कार्यक्रम संयोजक शशांकबाबु आचार्य सह–संयोजक, गुल्मीका कृषि विज्ञ सन्देश भण्डारी सचिव, पक्लिहवा कृषि क्याम्पसकी उप–प्राध्यापक पूजा थापा कोषाध्यक्ष रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा पक्लिहवा कृषि क्याम्पसकै उपप्राध्यापक डा.अनु दुवाल, कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख सन्तोष चौधरी तथा माण्डवी गाउँपालिका प्युठानका कृषि अधिकृत सनत केसी रहेका छन् ।