images

सोमवार, बैशाख १७ गते २०८१

मन्त्री पाण्डेयको आग्रह : लुम्बिनीको शिखर सम्मेलनबारे अलिकति पनि भ्रम नराखौं

मन्त्री पाण्डेयको आग्रह : लुम्बिनीको शिखर सम्मेलनबारे अलिकति पनि भ्रम नराखौं

images
images
images
आइतवार, फाल्गुण २० २०८०
आइतवार, फाल्गुण २० २०८०
  • मन्त्री पाण्डेयको आग्रह : लुम्बिनीको शिखर सम्मेलनबारे अलिकति पनि भ्रम नराखौं
    फाइल तस्वीर

    भैरहवा, २० फागुन ।
    लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले फागुन २८ र २९ गते लुम्बिनीमा हुन लागेको ‘अन्तर्राष्ट्रिय लौरिएट्स एण्ड लिडर्स शिखर सम्मेलन’बारे कलिकति पनि भ्रम नराख्न आग्रह गरेका छन् । उनले नकारात्मक सोचका साथ यो सम्मेलन हुन लागेको भन्ने मान्यता नराखिदिन आग्रह गरे । उनले प्रदेश सरकारले कुनै नियोजित ढंगले यो सम्मेलन गर्न नखोजेको स्पष्ट पारे ।

    images

    लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशन अन्तर्गत आइतबार तेस्रो बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधारीको तर्फबाट सम्बोधन गर्दै मन्त्री पाण्डेयले संघ सरकारसँगको समन्वयमा नै सम्मेलन आयोजना गर्न लागिएको बताए । उनले नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्दा नै सम्मेलबारे जानकारी गराइएको बताए । मन्त्री पाण्डेयले कुनै व्यक्ति र पार्टीले यो कार्यक्रम नल्याएको बताए । उनले नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्दा नै सम्मेलबारे जानकारी गराइएको बताए । मन्त्री पाण्डेयले कुनै व्यक्ति र पार्टीले यो कार्यक्रम नल्याएको बताए । उनले भने, ‘केन्द्र सरकारले लुम्बिनी प्रदेश सरकारलाई विश्वास गरेको छ, परिणाममा परिणत गर्छौं । लुम्बिनीको प्रचार गर्नु सौभाग्यको कुरा हो । ’

    उनले सत्ता पक्ष, प्रतिपक्ष भन्दा पनि निष्पक्ष रुपमा अघि बढ्नुपर्नेमा जोड दिए । मन्त्री पाण्डेयले सम्मेलनलाई सफल बनाउन प्रदेश सभा सदस्यहरुको दायित्व रहेकाले सबैले आ आफ्नो दायित्व निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘यहाँहरुको सल्लाह सुझाव प्राप्त भइरहेको छ र थप सुझाव सल्लाह लिनेछौं । लुम्बिनी प्रदेश भन्दा नै हामीलाई गर्वको अनुभुति हुन्छ ।’
    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले संघ सरकारको निर्णयले नै प्रदेश सरकारलाई सम्मेलन गर्ने जिम्मेवारी दिएको बताए । उनले भने, ‘फागुन २८ र २९ गते सम्मेलन हुँदैछ । ११ जना नोबेल पुरस्कार विजेताहरु लुम्बिनीमा आउने कुरा छ । ’

    अन्तर्राष्ट्रियस्तरको कार्यक्रम प्रदेश सरकारले पनि गर्न सक्छ भनेर नै संघ सरकारले लुम्बिनी प्रदेश सरकारलाई जिम्मेवारी दिएको उनको भनाइ छ ।

    लुम्बिनीलाई पर्यटनको प्रमुख केन्द्र बनाएर अघि बढे नेपाललाई पर्यटनकै माध्यमले आर्थिक रुपमा सम्पन्न बनाउन सकिने उनको भनाइ छ । बुद्धका पाइला जहाँ जहाँ पर्यो त्यो राष्ट्रले त्यही स्थानलाई प्रमुख केन्द्र बनाएर त्यसकै माध्यमबाट आर्थिक समृद्धितर्फ अघि बढेका छन् । भारतको बोधगया, सारनाथ र कुशीनगरमा आउने पर्यटकका कारण सौभाग्यवश हामी लुम्बिनीमै छौं । लुम्बिनीको विकासमार्फत समग्र मुलुकको विकासमा टेवा पुग्छ ।’ विश्वका केही मानिस बुद्धको नाम लिएर मात्र पनि महान बन्न पुगेको उनको भनाइ छ ।  

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनी प्रदेशमै रहेको र विमानस्थल सञ्चालनमा ल्याएर धेरै पर्यटक भित्र्याउन सके पर्यटनकै माध्यमले मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij