images

सोमवार, बैशाख १७ गते २०८१

सामूहिक विद्यालय परिवार रुपन्देहीको आयोजनामा चित्रकला र निबन्ध प्रतियोगिता

सामूहिक विद्यालय परिवार रुपन्देहीको आयोजनामा चित्रकला र निबन्ध प्रतियोगिता

images
images
images
आइतवार, फाल्गुण २० २०८०
आइतवार, फाल्गुण २० २०८०
  • सामूहिक विद्यालय परिवार  रुपन्देहीको आयोजनामा चित्रकला र निबन्ध प्रतियोगिता

    भैरहवा, २० फागुन ।
    सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा चित्रकला तथा निबन्धलेखन प्रतियोगिता सम्पन्न भएको छ । शनिबार ओमसतिया गाउँपालिका–१ खुन्सास्थित सनलाईट इङलिस बोर्डिङ हाई स्कूलमा प्रतियोगिता भएको संस्थाकी सचिव सृजना पाठकले बताइन् । 

    images

    भिलेज सिनेरी (गाउँको दृश्य) शिर्षकमा भएको चित्रकला प्रतियोगितामा कक्षा ४ र ५ का विद्यार्थीहरुको सहभागीता रहेको थियो । त्यस्तै अनुशासन विषयक निबन्धलेखन प्रतियोगितामा कक्षा ६ र ७ छात्रहरुले भाग लिएका थिए । त्यसै गरी समयको महत्व विषयक निबन्धलेखनमा कक्षा ६ र ७ का छात्राहरुले भाग लिएका थिए । 

    निबन्धलेखन प्रतियोगितामा छात्रतर्फ श्री लुम्बिनी सिर्जना ईङलिस बोर्डिङ स्कूलका शोयस पाण्डे प्रथम, नमूना ईङलिस बोर्डिङ स्कूलका अल्भिन पुन द्वितीय, सि.बि. पब्लिक हाई स्कूलका गगन यादव तृतीय र इभरग्रनी प्यासिफिक हाई स्कूलका नितेश धवल प्रोत्साहन (सान्त्वना) भएका छन् । त्यस्तै सोही प्रतियोगितामा छात्रातर्फ संजीवनी शिक्षा सदनकी एन्जल श्रेष्ठ प्रथम, युनिभर्सल पब्लिक हाई स्कूलकी शिवानी अर्याल द्वितीय, लर्ड गौतमबुद्ध ईङलिस स्कूलकी अस्मिता पासी तृतीय र नमूना ईङलिस बोर्डिङ स्कूलकी निकिता श्रेष्ठ प्रोत्साहन (सान्त्वना) भएका छन् ।

    त्यस्तै चित्रकला प्रतियोगितामा छात्रतर्फ श्री लुम्बिनी सिर्जना ई. बो. स्कूलका ओबदिया राई प्रथम, सनलाईट ई.बो. हाई स्कूलका प्रान्सुल शर्मा द्वितीय, लर्ड गौतमबुद्ध ई. हाई स्कूलका इश्वर पासी तृतीय र एभरेष्ट ई. बो. हाई स्कूलका रोहित ठाकुर प्रोत्साहन (सान्तवना) भएका थिए ।

    त्यसै गरी सोही प्रतियोगितामा छात्रातर्फ एभरेष्ट ई. बो. हाई स्कूलकी सिमा हरिजन प्रथम, श्री लुम्बिनी सृजना ई. बो. स्कूलकी अंशिका गुप्ता द्वितीय, मिनरवा ई हाई स्कूलकी किस्मत पुन तृतीय र मनकामना ई. हाई स्कूलकी चन्द्रकला कुर्मी प्रोत्साहन (सान्तवना) भएका थिए ।

    निबन्धलेखन प्रतियोगितामा रुपन्देही क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मण ज्ञवाली र पशुपति क्याम्पसका प्राध्यापक कृष्ण प्रसाद जोशी निर्णायको भूमिकामा रहनुभएको कार्यक्रम संयोजक तथा सामूहिक विद्यालय परिवारका कोषाध्यक्ष चन्द्रप्रकाश न्यौपानेले बताए । त्यस्तै चित्रकला प्रतियोगिताको निर्णायक सन्तोष चौधरी रहेका थिए । 

    सामूहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षता, ओमसतिया गाउँपालिका शिक्षा शाखा प्रमुख हरि पोख्रेलको प्रमुख आतिथ्यता, सनलाईट ई.बो.हाई स्कूलका अध्यक्ष सन्दिप बस्यालको विशिष्ट आतिथ्यता, सामूहिक विद्यालय परिवार रुपन्देहीका कोषाध्यक्ष समसाद इद्रिसीको स्वागत तथा संस्थाकी सचिव सिर्जना पाठकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेशका सह–कोषाध्यक्ष तथा सामूहिक विद्यालय परिवारका पूर्व अध्यक्ष महेश भुर्तेलले आफ्ना भनाइ राखेका थिए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij