images

शनिवार, बैशाख २२ गते २०८१

लुम्बिनीको बाहिरी क्षेत्रको सुरक्षा सशस्त्र प्रहरीलाई दिन कोषको ध्यानाकर्षण

लुम्बिनीको बाहिरी क्षेत्रको सुरक्षा सशस्त्र प्रहरीलाई दिन कोषको ध्यानाकर्षण

images
images
images
आइतवार, फाल्गुण २० २०८०
आइतवार, फाल्गुण २० २०८०
  • लुम्बिनीको बाहिरी क्षेत्रको सुरक्षा सशस्त्र प्रहरीलाई दिन कोषको ध्यानाकर्षण

    लुम्बिनी, २० फागुन ।
    लुम्बिनी विकास कोषका पदाधिकारीसहितको टोलीले आइतबार बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट तथा छलफल गरेको छ । कोषका उपाध्यक्ष डा. ल्हारक्याल लमा (खेन्पो छिमे) ले बुद्व जन्मस्थल लुम्बिनीको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी गुरूयोजना क्षेत्र बाहिरको सुरक्षा सशस्त्र प्रहरीमार्फत हेर्ने व्यवस्था गर्न माग गरे । 

    images
    images
    images

    उपाध्यक्ष डा. लामाले यसअघि कोषको बैठकले सशस्त्र प्रहरीको स्थायी बेस क्याम्पका लागि निर्णय गरी गृह मन्त्रालयमा फाइल पठाएको बताउँदै पहलका लागि ध्यानाकर्षण गराए । 

    कोषको ध्यानाकर्षणपछि गृहमन्त्री श्रेष्ठले सशस्त्रको स्थायी बेस क्याम्पका लागि पहल गर्ने प्रतिवद्वता व्यक्त गरे । लुम्बिनी गुरूयोजनाको १ हजार १ सय ५५ विगाहा क्षेत्रफलमा फैलिएको छ । यसको बाहिरी घेरा सशस्त्र कोषको कामका सन्दर्भमा थप सम्बन्धित मन्त्रालयमा पहल गर्ने बताए । 

    छलफलमा उपाध्यक्ष डा लामाले गुरूयोजना कार्यान्वयन, बृहत्तर लुम्बिनी क्षेत्रको विकासका सन्दर्भमा संघीय सरकारबाट सहयोगको अपेक्षा राखेको बताएका थिए । भेटघाट तथा छलफलमा कोषाध्यक्ष सिद्विचरण भट्टराईले आन्तरिक आम्दानीबाट खर्च गरिदै आएको बताउँदै बजेटमा प्राथमिकता दिन आग्रह गरे । 

    छलफलमा कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी विकास क्षेत्र संवेदनशील भएकाले यहाँको सुरक्षा संयन्त्रलाई बलियो बनाउनुपर्ने बताए । उनले लुम्बिनी बाहिरको सुरक्षा सशस्त्र प्रहरीले गर्नुपर्ने तर, अस्थायी  भएकाले यसलाई स्थायी बेशक्याम्प बनाउन अनुरोध गरे ।

    छलफलमा कोषका योजना प्रमुख स्मिता भट्ट, बोर्ड सदस्य श्याम रोक्का, विश्वराज पौडेल, वरिष्ठ इञ्जिनियर सरोज भट्टराई, लेखा अधिकृत भिम बस्नेत लगायतको उपस्थिति थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij