images

सोमवार, बैशाख १७ गते २०८१

एसईई परीक्षा दिएका दुईसय विद्यार्थीलाई नेक्ससले निःशुल्क क्रिकेटको प्रशिक्षण दिने

एसईई परीक्षा दिएका दुईसय विद्यार्थीलाई नेक्ससले निःशुल्क क्रिकेटको प्रशिक्षण दिने

images
images
images
आइतवार, फाल्गुण २० २०८०
आइतवार, फाल्गुण २० २०८०
  • एसईई परीक्षा दिएका दुईसय विद्यार्थीलाई नेक्ससले निःशुल्क क्रिकेटको प्रशिक्षण दिने

    भैरहवा, २० फागुन ।
    काठमाण्डौँको पेप्सीकोलास्थित नेक्सस क्रिकेट एकेडेमीले निःशुल्क क्रिकेट क्याम्प (प्रशिक्षण) गर्ने भएको छ । एकेडेमीले चालु वर्षमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका दुईसय जना विधार्थीहरुलाई निःशुल्क क्रिकेट खेलको क्याम्प (प्रशिक्षण) गर्ने भएको हो ।

    images

    उक्त क्याम्प मुलपानी क्रिकेट रंगशाला र एकेडेमीको प्रांगणमा अगामी चैत २८ देखि वैशाख १८ गतेसम्म सञ्चालन हुने नेक्सस क्रिकेट एकेडेमीले जनाएको छ ।

    एकेडेमीले क्रिकेट खेलको विकासका लागि आयोजना गरेको क्याम्प यो पाँचौ संस्करण हो । क्याम्पको आयोजना लुकेका प्रतिभाको प्रस्टफुटन हुने विश्वास लिइएको नेक्सस एकेडेमीका अध्यक्ष भरत कुमार शाहीले बताए ।

    नवप्रतिभाहरुको खोजी गरी नेपाली क्रिकेटलाई अब्बल खेलाडी सुम्पिने महत्वपूर्ण अभियान रहेको भन्दै उनले एसईई क्याम्पबाटै अण्डर नाईन्टिन टिमका खेलाडी उत्तम थापा मगर र अन्डर सिक्सटिनका अशोक धामी लगायतका दर्जन बढी खेलाडीको रुपमा तयार भएको बताए ।

    उक्त क्याम्पमा सहभागीका हुनका लागि अनलाइन फारम भर्नुपर्ने हुन्छ । फारम भर्ने पहिलो दुईसय जनालाई क्याम्पका लागि छनौट गरिने अध्यक्ष शाहीले जानकारी दिए ।

    ‘क्याम्पमा सहभागी हुनका लागि एसईई परीक्षा दिएका विद्यार्थीहरुले देशको जुनसुकै स्थानबाट निःशुल्क फारम भर्न सक्नेछन्’ उनले भने, ‘जसका लागि नेक्सस क्रिकेट एकेडेमीको फेसबुक पेजमा फारम उपलब्ध गराइएको छ ।’

    उनले क्याम्पमा सहभागी खेलाडीहरुलाई पाकिस्तानको पहिलो श्रेणीका खेलाडी रहिसकेका पाकिस्तान क्रिकेट बोर्डबाट लेभल एक गरेका प्रशिक्षक ईम्तिहाज हुसैन र वरिष्ठ नेपाली प्रशिक्षकहरुबाट प्रशिक्षण दिइने बताए । सहभागी खेलाडीहरुलाई १० वटा खेलमार्फत प्रशिक्षण दिइने बताइएको छ ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij