images

आइतवार, बैशाख १६ गते २०८१

अनेमसंघ सिद्धार्थनगरको आयोजनामा रक्तदान

अनेमसंघ सिद्धार्थनगरको आयोजनामा रक्तदान

images
images
images
आइतवार, फाल्गुण २० २०८०
आइतवार, फाल्गुण २० २०८०
  • अनेमसंघ सिद्धार्थनगरको आयोजनामा रक्तदान

    भैरहवा, २० फागुन । 
    अखिल नेपाल महिला संघ (अनेमसंघ) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले शनिबार भैरहवामा रक्तदान कार्यक्रम गरेको छ । ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सानु डिपार्टमेन्टल स्टार परिसरमा कार्यक्रम गरिएको अनेमसंघ सिद्धार्थनगर अध्यक्ष सृजना जोशी कार्कीले बताइन् । 

    images

    कार्यक्रममा ३० प्वाइन्ट रगत संकलन भएको कार्यक्रम संयोजक तथा अनेमसंघ सिद्धार्थनगर कमिटी उपाध्यक्ष मन्जु भुसाल पाण्डेले जानकारी दिइन् ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनेमसंघ केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज ज्ञानु केसीले यस्ता कार्यक्रमले रगतको अभाव हुन नदिन सहयोग गर्ने बताइन् ।

    नेकपा एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य भरत कुमार पोखरेलको विशिष्ट आतिथ्यता, एमाले लुम्बिनी प्रदेश सदस्य हरि प्रसाद अधिकारी, प्रदेश कमिटी विज्ञान तथा प्रविधि विभाग सचिव लक्ष्मी केसी, पूर्व प्रदेश सदस्य विश्वराज बराल (अनुप), राजेन्द्र प्रसाद पन्थी अनेमसंघ प्रदेश सदस्य तथा रुपन्देही इञ्चार्ज पुनम लिगल, प्रदेश सदस्य रचना पन्थ, प्रदेश सदस्य इन्दिरा बस्नेत, एमाले जिल्ला उपसचिव हितराज पन्थी, जिल्ला सदस्य थानेश्वर पौडेल, जिल्ला सदस्य दिलु कुवरलगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    423541701_796738395806122_1196222484514729577_n (1).jpg

    भीम अस्पताल, भैरहवाका ल्याब इञ्चार्ज आशिष श्रेष्ठको नेतृत्वको टोलीले रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गरेको थियो । अनेमसंघ सिद्धार्थनगर सचिव मिना क्षेत्री बलालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij