images

सोमवार, बैशाख १७ गते २०८१

भैरहवामा ५० करोड लगानीमा होटल ल्याण्डमार्क सञ्चालनमा

भैरहवामा ५० करोड लगानीमा होटल ल्याण्डमार्क सञ्चालनमा

images
images
images
आइतवार, फाल्गुण २० २०८०
आइतवार, फाल्गुण २० २०८०
  • भैरहवामा ५० करोड लगानीमा होटल ल्याण्डमार्क सञ्चालनमा

    भैरहवा, २० फागुन । 
    रुपन्देहीको भैरहवामा चारतारे होटल ल्याण्डमार्क सञ्चालनमा आएको छ । भैरहवाका युवा व्यवसायी आशा गुरुङले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ स्थित सिंगापुर कलोनीमा ५ वर्ष लगाएर तयार गरेको होटललाई सम्राट ग्रुपले व्यवस्थापन गरी सञ्चालनमा ल्याएको हो । 

    images

    होटलको शनिबार लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले शुभारम्भ गरेका थिए । सो अवसरमा बोल्दै मन्त्री पाण्डेयले पर्यटनका माध्यमबाट नेपाललाई समृद्ध बनाउन सकिने बताए ।

    IMG_8739.JPG

    सम्राट ग्रुपले सञ्चालनमा ल्याएको भैरहवाको होटल चौथो हो । यो ग्रुपले काठमाडौं, चितवन र पोखरामा गुणस्तरीय हस्पिटलिटी सेवा दिदै आएको छ ।

    बुद्ध जन्मस्थल लुम्बिनीमा आउने विदेशी पर्यटकका साथै भारतबाट आउने पर्यटकलाई लक्षित गरेर होटल सञ्चालनमा ल्याइएको प्रमुख कार्यकारी अधिकृत सी एन पाण्डेले बताए । होटलमा हालसम्म ५० करोड लगानी भइसकेको छ । उनका अनुसार १० कठ्ठा क्षेत्रफलमा रहेको होटल निकट भविष्यमै १ विघा क्षेत्रफलमा १० हजार स्वायरफुटको पार्टी र सेमिनार हलको सुविधा समेत यही होटलबाट उपलब्ध गराइनेछ । ६ सय र २ सय क्षमताका दुई हल बन्ने उनले बताए । 

    होटलमा हाल डिलक्स, सुपर डिलक्स, फ्यामली र जुनियर स्वीट गरी ५० कोठा छन् । होटलका कतिपय कोठाबाट रिभरभ्यू समेत देख्न सकिनेछ । केही कोठामा सुर्योदयको पहिलो किरण बेडमा पुग्ने गरी होटलमो निर्माण गरिएको पाण्डेले बताए । होटलमा कोटियार्ड लायञ्ज, स्वीमिङ पुल, रुफटप बार पनि रहेको उनले बताए ।

    ल्याण्डमार्कको एकमात्र उद्देश्य पाहुनाहरूका लागि उत्कृष्ट सेवा दिने रहेको बताउँदै प्रमुख कार्यकारी अधिकृत पाण्डेले पर्यटकको रूची पूरा गर्न जुनसुकै समयमा पनि ल्याण्डमार्क भैरहवा, पोखरा, काठमाडौं र पोखरा प्रतिवद्ध रहेको बताए । उनले सेवाको गुणस्तरमा कहिल्यै कुनै सम्झौता नहुने समेत बताए ।

    होटलमा आउने पाहुनाका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा बेलहिया नाकाबाट आउने र जाने यातायातको सुविधा समेत उपलब्ध गराएका छौं,उनले भने ।

    ल्याण्डमार्क भैरहवा विश्व सम्पदा क्षेत्र लुम्बिनीको भ्रमण गर्ने पर्यटक, व्यवसाय वृद्धिका लागि हुने कार्यक्रमहरु सामाजिक जमघट, विवाह लगायतको कार्यक्रमका लागि प्रमुख गन्तव्य बन्ने विश्वास लिइएको पाण्डेले बताए । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij