images

आइतवार, बैशाख १६ गते २०८१

भगवान बुद्धको नामले नेपाललाई चिनाउँदा गौरवको अनुभुति हुन्छ : मन्त्री साउद

भगवान बुद्धको नामले नेपाललाई चिनाउँदा गौरवको अनुभुति हुन्छ : मन्त्री साउद

images
images
images
शनिवार, फाल्गुण १९ २०८०
शनिवार, फाल्गुण १९ २०८०
  • भगवान बुद्धको नामले नेपाललाई चिनाउँदा गौरवको अनुभुति हुन्छ : मन्त्री साउद

    भैरहवा, १९ फागुन ।
    पराष्ट्रमन्त्री एनपी साउदले विदेश जाँदा भगवान बुद्धको नामले नेपाललाई चिनाउन पाउँदा गौरवको अनुभुति हुने गरेको बताएका छन् । उनले रुपन्देही महत्वपूर्ण जिल्लाको रुपमा रहेको र संसारकै असाध्यै महत्वपूर्ण सम्पदाको केन्द्रको रुपमा रहेको बुद्ध जन्मस्थल लुम्बिनी सबैका लागि पूजनीय रहेको बताए ।

    images

    नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री साउदले यस्तो बताएका हुन् । उनले भने, ‘रुपन्देही बीच भागतिर पर्छ । नेपाल–भारत व्यापारको सन्दर्भमा पनि यो महत्वपूर्ण ठाउँको रुपमा रहेको छ । रुपन्देहीसँग मेरो गहिरो नाता छ ।’

    उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि हालतमा चाँडो भन्दा चाँडो सञ्चालन गर्ने कुरामा प्रतिवद्ध रहेको बताए । विमानस्थल सञ्चालन गर्ने बारेमा छलफल चलिरहेको उनको भनाइ छ । मित्र राष्ट्र भारतसँग हवाई रुटका बारेमा छलफल भइरहेको उनले बताए ।

    IMG_8860.JPG

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता साउदले पार्टीलाई अब पुरानो पाराले सञ्चालन गर्न नमिल्ने बताए । टिकट वितरण प्रणालीलाई विकेन्द्रीत गर्दै जानुपर्नेमा उनले जोड दिए । २०५६ सालको निर्वाचनपछि कुनै पनि पार्टी बहुमत ल्याउन नसकेको उनले बताए ।

    मिश्रित खालको निर्वाचन प्रणालीले गठबन्धन संस्कृतिलाई प्रवद्र्धन गरेको जस्तो देखिएको उनले बताए । गठबन्धन जनताबाट अनुमोदित भएको उनले दावी गरे । उनले यही गठबन्धनलाई पाँचवर्ष सम्म चलाउनुपर्ने बताए । 

    कांग्रेसलाई सशक्त बनाउन पूर्व गृहमन्त्री बालकृष्ण खाँणले खेलेको भूमिका सराहनीय रहेको बताए । मन्त्री साउदले भने, ‘खाँणज्यूले न्याय पाउनुहुनेछ भन्ने विश्वास छ । ’

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij