images

शनिवार, बैशाख १५ गते २०८१

चेकिङका नाममा पर्यटकलाई हैरानी दिने काम बन्द गरौं : मन्त्री पाण्डेय

चेकिङका नाममा पर्यटकलाई हैरानी दिने काम बन्द गरौं : मन्त्री पाण्डेय

images
images
images
शनिवार, फाल्गुण १२ २०८०
शनिवार, फाल्गुण १२ २०८०
  • चेकिङका नाममा पर्यटकलाई हैरानी दिने काम बन्द गरौं : मन्त्री पाण्डेय

    भैरहवा, १२ फागुन ।
    लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले चेकिङका नाममा पर्यटकलाई हैरानी दिने काम बन्द गर्नुपर्ने बताएका छन् । उनले सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे ।

    images

    नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयको आयोजनामा बाँकेको नेपालगंजमा भएको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी–२०८० मा मन्त्री पाण्डेयले यस्तो बताएका हुन् ।

    दुईदिने गोष्ठीको समापन कार्यक्रममा बोल्दै उनले देशको मुख्य आयस्रोत, आम्दानी र आर्थिक समृद्धि ल्याउने भनेकै पर्यटन क्षेत्र भएको बताए । उनले भने, ‘स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने रुपन्देहीको बेलहिया नाका हो । पर्यटकलाई सहज रुपमा भित्रिने वातावरण बनाउन सक्यौं भने निश्चित रुपमा मुलुकलाई आर्थिक रुपमा सम्पन्न बनाउन सक्छौं ।’

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले खाँदा, बस्दालगायत सधै प्रोटोकोलको कुरा गर्दा पनि बिग्रिएको बताए । उनले नेपालमा काम नगर्नु, काम बिर्गानु र कामबाट भाग्नुलाई पनि काम गरेको ठान्ने प्रवृत्ति रहेको बताए । उनले भने, ‘संघीयता अझ बलियो बनोस् भन्ने कुरा माननीय उपप्रधान एवं गृहमन्त्रीज्यू तथा देशको नेतृत्व गर्ने सम्माननीय प्रधानमन्त्रीज्यूलाई हामी भन्दा बढी चिन्ता होला । ’

    संघीयताकै कारण मुलुकमा विभिन्न उपलब्धी प्राप्त भएकाले यसलाई बलियो, शक्तिसम्पन्न र व्यवस्थित बनाउँदै लैजान देशको नेतृत्व गर्ने व्यक्तिहरुको दायित्व भएको उनको भनाइ छ ।

    लुम्बिनी प्रदेशको विकसित हुनु भनेकै नेपालको विकास हुनु रहेको उनले बताए । मन्त्री पाण्डेयले काठमाडौं भनेकै नेपाल र नेपाल भनेकै काठमाडौं भन्ने सोचबाट माथि उठ्नुपर्नेमा जोड दिए । लुम्बिनी प्रदेशलाई विश्वमै पर्यटनको प्रदेशको रुपमा चिनाउन सकिने उनले बताए ।

    उनले शान्ति सुरक्षा कायम, विपद् व्यवस्थापनका साथै लागूऔधषको दुव्र्यसनी तथा अवैध ओसारपसार रोक्न अघि बढ्नुपर्नेमा जोड दिए । लागूऔषधको दुव्र्यसनी तथा ओसारपसार रोकेर युवाहरुलाई मुलुकको विकासमा प्रेरित गर्न सकिने उनको तर्क छ ।


    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij