
मंगलवार , फाल्गुण १, २०८०
पाल्पा । पाल्पामा भएको जिप दुर्घटनामा परि आठ जना यात्रुको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका ६ चिदिसमा भएको दुर्घटना परि आठ जना यात्रुको घटनास्थामै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाल्पाको डुम्रे बजारबाट शिखर डाँडा जाँदै गरेको लु १ ज २३७१ नंम्बरको यात्रुबाहक जिप डुम्रे चक्लादी सडक खण्डको चिदिस भन्ने ठाउँमा दुर्घटनामा परेको थियो । दुर्घटनामा १७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले घाइतेहरुको उद्धार भइरहेको बताए । जिप भिरालो सडकमा दुर्घटना भएका कारण उद्धारमा कठिनाई हुनुका साथै अझै केही शव हराई रहेकोले मृतकको संख्या अझै बढ्न सक्ने बताए ।
केही घाइतेलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाईएको छ । घटनास्थलमा स्थानिय बासिन्दा, प्रहरी र ट्राफिक प्रहरीले उद्धार कार्य जारी राखेका छन् । उद्धारको लागि पाल्पास्थित नेपाली सेनाको दि फेमस दल गण र सशस्त्रको टोली घटनास्थलमा परिचालन भएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij