images

शनिवार, फाल्गुण १९ गते २०८०

सरकारले भूकम्प पीडितको राहतमा ध्यान देओस् : सांसद बोहरा

सरकारले भूकम्प पीडितको राहतमा ध्यान देओस् : सांसद बोहरा

images
images
images
आइतवार, माघ २८ २०८०
आइतवार, माघ २८ २०८०
  • सरकारले भूकम्प पीडितको राहतमा ध्यान देओस् :  सांसद बोहरा

    काठमाडौं, २८ माघ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) सांसद उदयबहादुर बोहराले पश्चिम नेपालको भूकम्प पीडितहरुको राहत व्यवस्थापन कार्यमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

    images
    images
    images

    सांसद बोहराले भूकम्प पीडितहरु चिसोले कठ्यांग्रिएर निमोनियालगायतका रोगहरुले समेत ग्रस्त भएकाले उनीहरुलाई आवश्यक राहतको व्यवस्था गर्न सरकारसँग माग गरे ।

    आईतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले त्यहाँको राहत वितरण कार्य समानुपातिक रुपमा गर्न पनि सरकारलाई सचेत गराएका छन् । पीडितले राहत वितरणमा भेदभाव भएको गुनासो गरिरहेकाले सरकारले आवश्यकताको आधारमा सबै ठाउँको आवश्यक राहतको व्यवस्था गर्नुपर्ने सांसद बोहराको भनाई थियो । 

    उनले भने, ‘भूकम्पले पश्चिमका केही जिल्लाहरुमा ठूलो धनजनको क्षति भयो । त्यसको लागि दुःख व्यक्त गर्न चाहन्छु । र अहिले पनि भूकम्पबाट जो प्रताडित वृद्धवृद्धाहरु, गर्भवती महिलाहरु, ससाना बालबालिकाहरु, पढने विद्यार्थीहरु अहिले पनि त्यहाँ राहत पुग्न सकेको छैन ।

    यो हिउँदको कठ्यांग्रिएको जाडोले, यो चिसोले गर्दा त्यहाँका अधिकांश मानिसहरु नियोनिया लगायतका रोगहरुसँग लडिराखेका छन् ।

    ग्रस्त भइराखेका छन । त्यो भएको हुनाले म सम्माननीय अध्यक्षज्युमार्फत नेपाल सरकारको त्यतातिर ध्यान जाओस् । र जुन पुगेको राहत हो, त्यो राहत पनि समानुपातिक तौरतरिकाबाट वितरण भएन भन्ने गुनासो आइराखेको छ । त्यो राहत पनि समानुपातिक तरिकाले वितरण होस् । म यो सरकारलाई आह्वान गर्न चाहन्छु । ’
    सांसद बोहराले भूकम्पबाट जो प्रताडित बुद्धबृद्धाहरु, गर्भवती महिलाहरु, ससाना बालबालिकाहरुका लागि राहतको उचित व्यवस्था गर्न सरकारले ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए । 

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij