२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

तिलोत्तमा व्यापार संघले गोष्ठीमार्फत आगामी कार्ययोजना बनाउने

आइतवार , माघ २८, २०८०

तिलोत्तमा, २८ माघ । 
तिलोत्तमा व्यापार संघले वार्षिक कार्ययोजना निर्माणका लागि आगामी चैत १, २ र ३ गते कार्यशाला गोष्ठी गर्ने निर्णय गरेको छ । संघको शनिबार बसेको कार्यसमितिको बैठकले कार्यशाला गोष्ठीमार्फत कार्ययोजना निर्माण गर्ने र कार्यशालाको स्थान भने पछि तय गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले संघको सल्लाहकारहरु चयन गरेको छ । संस्थागत सल्लाहकारमा रुपन्देही व्यापार संघ रहेको छ भने सल्लाहकारहरुमा मोहन चापागाई र यज्ञ गैरेलाई चयन गरिएको छ ।

संघले प्राविधिक सल्लाहकारमा दुजेन्द्र बस्नेत, आर्थिक सल्लाहकारमा नुमेन्द्र पौडेल, कानूनी सल्लाहकारमा केशव चौधरी, प्रेस सल्लाहकारमा लक्ष्मण पौडेल र अन्य सल्लाहकारहरुमा हरिप्रसाद उपाध्याय, विष्णुप्रसाद भट्टराई र कमल पौडेललाई चयन गरिएको कार्यालय प्रमुख  रामप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकले मानबहादुर बर्माको संयोजकत्वमा कमलप्रसाद शर्मा कंडेल, शितल ज्ञवाली, भगवती घर्ती र मिनराज भारद्वाज सदस्य रहेको क्यालेन्डर प्रकाशन समिति पनि गठन गरेको छ । बैठकमा कार्यसमिति सदस्य ताराप्रसाद नेपाल द्वितीय उपाध्यक्षमा रामु भण्डारी सह–कोषाध्यक्ष र पार्वती गिरीले सदस्यको रुपमा शपथग्रहण गरेका थिए ।