images

बिहिवार, चैत्र १५ गते २०८०

वास्तविक कुरा बुझाउन सडकमा गएका हौं : बराल

वास्तविक कुरा बुझाउन सडकमा गएका हौं : बराल

images
images
images
शुक्रवार, माघ ३० २०७७
शुक्रवार, माघ ३० २०७७
  • वास्तविक कुरा बुझाउन सडकमा गएका हौं : बराल

    प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिषमा राष्ट्रपति बिद्या भण्डारीले प्रतिनीधि सभा (संसद) बिघटन गरेपछि मुलुक आहिले राजनीतिक संकटमा परेको छ। सरकारको कदमको बिरुद्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रकै प्रचण्ड माधव नेपाल समुह सडक आन्दोलनमा रहेको छ भने सरकारको नेतृत्व गरेको नेकपा ओली समूह पनि यतिवेला सडकमै रहेको छ। सरकारले आफुले चालेको कदम जनताका माध्यमबाट सडकबाट सत्य सावित गराउने भन्दै सडकमा होमिएको छ। यसै सिलसिलामा फागुन १ गते ओली समुहले बुटवलमा ऐतिहासिक तथा अहिलेसम्मकै ठुलो सभा गर्ने भन्दै त्यसको तयारीमा जुटेको जनाएको छ। यसैसेरोफेरोमा रहेर नेकपाका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला कमिटी सचिव विश्वराज बराल (अनुप) संग फागुन १ मा गर्न लागिएको सभाका बिषयमा छोटो कुराकानी गरेका छौं। प्रस्तुत छ सोही आमसभाका सन्दर्भमा नेता बरालसंग गरिएको संक्षिप्त कुराकानी:

    images
    images
    images

    नेकपा ओली समुहले प्रदेशस्तरीय सभा गर्दैछ र यसको प्रचार पनि व्यापक पारिएको छ। कस्तो खालको सभा गर्दै हुनुहुन्छ ? 
    हाम्रो पार्टीले लुम्बिनी प्रदेश स्तरीय आम सभा गर्दै छ। मुख्यतः हामीले सरकारले चालेका कदमका बारेमा सरकारले गरेका कामका बारेमा पछिल्लो पटक पार्टीमा देखिएका समस्या र यसको अवस्थाका बारेमा आम नागरिकलाई जानकारी गराउनका लागि सभा गर्दै छौं। यो सभामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाटै कार्यकर्ता सभा गराउने गरी तयारी गरेका छौं। रुपन्देही जिल्लाबाट सबैभन्दा धेरै एक लाखको हाराहारीमा सहभागिता रहनेछ। अन्य जिल्लाबाट एक लाख गरी २ लाख जनताका माझमा सभा गर्दै छौं। जनताकाबीचमा सही राजनैतिक उद्देश्य पु¥याउने हिसाबले यो कार्यक्रम गदै छौं। 

    सरकार पक्षले आफै सडकमा आएर आमसभा गरेकोमा निकै टिकाटिप्पणी भएको छ यसलाई यहाँहरुले कसरी लिनुहुन्छ ? 
    यस्तो होइन। सरकारले गरेका कामको बारेमा एकखालको सडकमा भ्रमपूर्ण टिकाटिप्पणी गरिएको छ। यसको मुख्य नेतृत्व प्रचण्ड माधव नेपालहरुले गर्नुभएको छ यसै अवस्थामा वास्तविक कुरा के हो त भनेर जनतालाई बुझाउने हिसाबको कार्यक्रम हो यो। हाम्रो जिम्मेवारी बोधका कारण हामी गर्दैछौँ। सरकारले गरेका काम पार्टीले एकीकृत रुपमा जनताबीच नलगेपछि आमसभाबाटै जानकारी दिनुपर्ने अवस्था आएको हो।

    कार्यक्रममा नेकपाका नेताहरुको द्वन्द्व देखियो नि ? कार्यकर्तामा पनि चिन्ता छ । 
    सामान्य नागरिकले चिन्ता गर्ने आफ्नो ठाउँमा छ। अर्को कुरा प्रमुख अध्यक्षको हिसाबले पार्टी प्रधानमन्त्री, संसदीय दलको नेताको हिसाबले मुख्य त हामी नै आधिकारिक नेकपा हौं भनेर हामीले दावा गरेका छौँ यो कुरा सत्य पनि हो। अरु साथीहरुले सरकारले गरेका कामहरुको भ्रम सिर्जना गर्ने काम मात्रै हो। त्यसो हुँदा उनीहरुले भ्रम सिर्जना गरेका छन्। उनीहरुले अस्थिरता, अराजकता खोजेका छन्। हामी स्थायीत्व र विकासका निम्ति जनताका बीचमा जाँदैछौं जनतालाई सही कुरा बुझाउन जाँदैछौं। यसको गुणात्मक ढंगले तुलनात्मक रुपमा फरक छ। अन्तर छ सरकारले गरेका राम्रा कामको बारेमा जनताका बीचमा लैजाने हुँदा हाम्रो फरक सभा हो। हामीले नै सही नेतृव गरेका छौं।  

    सरकार नै सडकमा आयो यो अलि सुहाएन कि ? 
    सरकार सडकमा आएको होइन। पार्टीको नेतृत्वमा कार्यक्रम भएका छन्। पार्टीको अध्यक्ष भएको हैसियतले प्रधानमन्त्रीले सम्बोधन गर्नु भएको हो। त्यसैले सरकार सडकमा आएको भने होइन। पार्टीले गरेका राम्रो कामहरुको बारेमा पार्टीले जनतालाई बुझाउँदैछ। 

    माधव नेपाल प्रचण्डको समुहले पञ्चायतकालमा जस्तै सरकार नै सडकमा आएर कार्यक्रम गरे भन्ने आरोप लगाएको छ त ?
    यो कुरा होइन। हिजो राज्यसत्ताको दुरुपयोग गरेर पञ्चायतकालमा पञ्चले काम गर्ने गर्थे। जनतामा भ्रम सिर्जना गर्थे त्यो एउटा कुरा हो। यतिबेला हामी पार्टीसहित जनताको उत्साहमा कार्यक्रम गरेका छौं। त्यसको नेतृत्व टोटल पार्टीले गरेको छ। पञ्चले गरेका काम र हाम्रो कार्यक्रममा आकास पातालको फरक छ। देशमा संघीय लोकतान्त्रिक गणतन्त्र छ स्थापित छ यतिबेला राज्यका संयन्त्रहरु देशमा क्रियाशील छन्। यसमा तुलना गर्नु अराजकता गर्न खोज्नु हो। अस्थिरता पैदा गर्न खोज्नु हो। जनतालाई भ्रमित पारेर फेरी आफूलाई कहीं स्थापित गर्न सकिन्छ कि भन्ने हो साथीहरु कमजोर हुँदै जानु भएको छ।  यतिबेला हामीले जनताको बीचमा गरेका कामहरु गर्दै छौँ। केपी ओलीले जनताका काम गर्दा गर्दै प्रचण्ड, माधव नेपालहरुले व्यक्तिगत स्वार्थका कारण काम गर्न दिएनन् भन्ने जनताले बुझेका छन्। जनतालाई कतै भ्रमित पार्न मोड्न सकिन्छ कि भन्ने उहाँहरुको कोसिस हो। तुलना गर्नु बेकारको कुरा हो। त्यसको कुनै अर्थ छैन।

    फागुन १ गते बुटवलमा हुने आम सभामा बक्ताहरु काे काे हुनुहुन्छ ?
    अहिले प्रदेश कार्यालयको सूचना अनुसार हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रमुख वक्ता हुनुहुन्छ। साथमा हाम्रो प्रदेश कार्यालयले गृहमन्त्री राम बहादुर थापा ‘बादल’ पनि उपस्थित हुँदा राम्रो हुन्छ भनेर सुझाव पठाएको छ। यसका साथै पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल लगायतका नेताहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।  

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij