२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

हरेक समस्या समाधानका लागि प्रदेश सरकार निरन्तर अगाडि बढ्नेछ : मन्त्री पाण्डेय

सोमवार , माघ २२, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा, २२ माघ ।
    लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले हरेक समस्या समाधानका लागि प्रदेश सरकार निरन्तर अगाडि बढ्ने बताएका छन् । उनले आम नागरिकलाई प्रदेश सरकार रहेको अनुभुति गराउने बताए ।

    प्रदेशको सातौं स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आइतबार राप्ती उपत्यका दाङको देउखुरीमा गरेको स्थापना दिवस मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेयले यस्तो बताएका हुन् ।

    WhatsApp Image 2024-02-05 at 9.29.44 AM.jpeg

    उनले भने, ‘प्रदेशलाई ल्याउन केही व्यक्ति र समूहले दान र दक्षिणा दिएको होइन र कुनै शुभकामनाले मात्र प्राप्त भएको होइन । लामो संघर्षपछि हजारौं व्यक्तिको सहादतले मात्रै यो राष्ट्रमा संघीयताको माध्यमले प्रदेश सभाको स्थापना भएको हो ।’

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले विगतमा जनताले संघीय र स्थानीय सरकार मात्र देखे पनि अब जनताले प्रदेश सरकारको माध्यमबाट शान्ति सुरक्षा, समस्याको निकास र समग्र विकासको अपेक्षा गरेको बताए ।

    उनले बुद्ध जन्मस्थल लुम्बिनीसँगै विभिन्न पर्यटकीय स्थलको विकासका लागि अघि बढेको बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि प्रदेश सरकारले पहलकदमी लिएको उनको भनाइ छ ।