images

शनिवार, फाल्गुण १९ गते २०८०

जनमत पार्टी रुपन्देहीको इन्चार्जमा रामकेश गुप्ता

जनमत पार्टी रुपन्देहीको इन्चार्जमा रामकेश गुप्ता

images
images
images
आइतवार, माघ २१ २०८०
आइतवार, माघ २१ २०८०
  • जनमत पार्टी रुपन्देहीको इन्चार्जमा रामकेश गुप्ता

    भैरहवा, २१ माघ ।
    जनमत पार्टी रुपन्देहीको इन्चार्जमा रामकेश गुप्ता मनोनित भएका छन् । गुप्तालाई आइतबार (आज) पार्टीका राष्ट्रिय अध्यक्ष डा. सी.के. राउतले जिल्ला इन्चार्जमा मनोनित गर्नुभएको जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले बताए ।

    images
    images
    images

    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर २ निवासी गुप्ता विगत १२ वर्षदेखि आफू जनमत पार्टीमा रहेर विभिन्न जिम्मेवारी निर्वाह गरिसकेको बताउँछन् । उनले पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने र जनमतलाई रुपन्देहीमा ठूलो र शक्तिशाली पार्टीको रुपमा स्थापित गर्ने लक्ष्य रहेको बताए । 

    ‘विकास, सुशासनका लागि काम गर्छौं, जनताको हकअधिकारका निम्ति लागिपरेका छौं र लागिपर्नेछौं, पूराना नेता-कार्यकर्ताको उचित मूल्यांकन गर्दै नयाँ कार्यकर्तालाई पनि जोड्दै जानेछौं, ’उनले भने ।

    यस अघि जनमत रुपन्देहीको जिल्ला इन्चार्जको जिम्मेवारी अर्जुन प्रसाद जयसवालले सम्हालिरहेका थिए ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij