images

सोमवार, बैशाख २४ गते २०८१

पूर्वउपप्रधानमन्त्री पोखरेल र स्वामी लोकानन्दद्वारा कामाख्या मन्दिर दर्शन

पूर्वउपप्रधानमन्त्री पोखरेल र स्वामी लोकानन्दद्वारा कामाख्या मन्दिर दर्शन

images
images
images
शनिवार, माघ २० २०८०
शनिवार, माघ २० २०८०
  • पूर्वउपप्रधानमन्त्री पोखरेल र स्वामी लोकानन्दद्वारा कामाख्या मन्दिर दर्शन

    बुटवल, २० माघ । 
    पूर्व उपप्रधान तथा रक्षामन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कामाख्यादेवी मन्दिर दर्शन गरेका छन् । पोखरेल लुम्बिनी केबलकारको यात्रामार्फत पाल्पाको बसन्तपुर पुगेर मन्दिर दर्शन गरेका हुन् । 

    images
    images
    images

    सो अवसरमा उनले लुम्बिनी प्रदेशकै पहिलो यो केबलकारले रुपन्देही र समग्र प्रदेशको पर्यटन एवं आर्थिक विकासमा योगदान गर्ने बताए । ठूला लगानीका यस्ता पर्यटकीय पूर्वाधारको प्रवद्र्धनमा तीनै तहका सरकारले सहयोगी भूमिका खेलेर लगानीमैत्री वातावरण बनाउनुपर्ने पोखरेलको सुझाव थियो । 

    नेता पोखरेल केबलकारले सञ्चालनमा ल्याएको साहसिक खेल जीपलाइन पनि चढेका थिए । उनले पर्यटकले खोजे अनुसारका सुविधा र पर्यटकीय पूर्वाधार थपेर प्रदेशकै नमूना पर्यटकीय गन्तव्य बनाउन सकिने सुझाव दिएका थिए ।

    नेता पोखरेलसहित प्रदेश सांसद जानकी न्यौपाने, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल लगायतलाई केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजू, विभागीय प्रमुख प्रज्ज्वल घिमिरे लगायत कर्मचारीले स्वागत गर्दै केबलकार परियोजनाबारे जानकारी गराएका थिए ।  

    यसैबीच बुटवल उपमहानगरपालिका–१२ स्थित मुक्तिनाथ धाममा सञ्चालन हुने महायज्ञको पूर्वसन्ध्यामा धामका पीठाधीश लोकानन्द स्वामीले लुम्बिनी केबलकारको माथिल्लो स्टेशन बसन्तपुरमा रहेको कामाख्या देवी मन्दिरमा पूजा तथा आराधना गरेका छन् ।  

    यही माघ २२ गतेदेखि २९ गतेसम्म मुक्तिनाथ धाममा हुन गइरहेको १७ औं ज्ञान महायज्ञ सफल बनाउन प्रख्यात शक्तिपीठ कामाख्यादेवी मन्दिरमा पूजा आराधना गरिएको पिठाधीश लोकानन्द स्वामीले बताए ।

    l.jpeg

    कामाख्या माताको पूजा आराधना सँगसँगै लोकानन्द स्वामीद्वारा कामाख्या मन्दिर परिसरमा धार्मिक प्रवचन समेत आयोजना गरिएको थियो । उक्त धार्मिक प्रवचनको क्रममा सतातन धर्म, संस्कृतिको आवश्यकता र महत्वको बारेमा लोकानन्द स्वामीले प्रकाश पारेका थिए । मुक्तिनाथ धाममा हुने यसपटकको महायज्ञ विशेष ज्ञान महायज्ञ हुने भन्दै उनले महायज्ञको पुर्वसन्ध्यामा कामाख्यादेवी मन्दिरमा पूजा आराधना गरिएको स्पष्ट पारे । 

    माता कामाख्याको मन्दिर लुम्बिनी केबलकारको माथिल्लो स्टेशन पाल्पाको तिनाउ गाउँपालिका–३ मा अवस्थित छ । कामाख्या देवीको मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि विशिष्ट आस्था र आकर्षण मानिन्छ । माताको दर्शनले भक्तजनको मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।  

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij