२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

‘बिगेस्ट युथस लाइफ ट्रान्सफर्मिङ सेमिनार’ सम्पन्न

बिहिवार , माघ १८, २०८०

भैरहवा, १८ माघ ।
जिनियस बिजलाईफको आयोजनामा रुपन्देहीमा एकदिने ‘बिगेस्ट युथस लाइफ ट्रान्सफर्मिङ सेमिनार’ (सिजन–३) सम्पन्न भएको छ । तिलोत्तमास्थित मणिग्राममा सम्पन्न सेमिनारको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानको उद्घाटन गरेका थिए ।

WhatsApp Image 2024-01-31 at 4.50.52 PM (2).jpeg

विद्यार्थीमा उत्प्रेरणा जगाउने, तनाव व्यवस्थापन, परीक्षा लगायत विषयमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक जिनियस बिजलाईफका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्णा साह कानुले बताए । सिईओ कानुका अनुसार कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत करिब १ हजार विद्यार्थीहरुको उपस्थिति रहेको थियो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए ।

WhatsApp Image 2024-01-31 at 4.50.52 PM (1).jpeg

कार्यक्रममा प्रशिक्षकहरु सुबिन भट्टराई, बिदुर फुयाल र सृष्टि केसीले सहजीकरण गरेका थिए ।

कृष्णा साह कानुको अध्यक्षता, राहुल यादवको स्वागत तथा क्षितिज पाण्डेयको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको मुख्य प्रायोजकमा करेन्ट चाउचाउ रहेको थियो । हिसान रुपन्देही तथा नेशनल प्याबसन, प्रदेश युवा परिषद लुम्बिनी  र सिद्धार्थनगर नगरपालिका, रुपन्देहीको सहकार्यमा कार्यक्रम भएको आयोजकले जनाएका छन् ।