images

सोमवार, बैशाख २४ गते २०८१

धार्मिक पर्यटनका माध्यमबाट नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिन्छ : मन्त्री पाण्डेय

धार्मिक पर्यटनका माध्यमबाट नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिन्छ : मन्त्री पाण्डेय

images
images
images
बिहिवार, माघ १८ २०८०
बिहिवार, माघ १८ २०८०
  • धार्मिक पर्यटनका माध्यमबाट नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिन्छ : मन्त्री पाण्डेय

    रुपन्देही, १८ माघ ।
    लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले नेपाल टेलिभिजनले अहिलेसम्म आफ्नो विश्वसनीयतालाई कायम गर्दै समाचार बनाउँदै आएको बताएका छन् । देश संघीयतामा गएसँगै नेपाल टेलिभिजनले पनि आफूलाई सोहीअनुसार अनुसरण गर्दै गएको उनको भनाइ छ ।

    images
    images
    images

    नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सवको अवसरमा बुधबार बाँकेको कोहलपुरमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेयले पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण भूमिका खेल्दै जानुपर्ने बताए । उनले लुम्बिनी प्रदेशलाई विश्वमै पर्यटनको प्रदेशको रुपमा चिनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘स्थानीय उत्पादनको ब्राण्डिङ र बजारीकरण गर्ने तथा दुई लाख युवाहरुलाई रोजगारी दिने प्रदेश सरकारले नीति लिएको छ । ’

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेय गौतमबुद्धको जन्मस्थल लुम्बिनी, मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर, स्वर्गद्वारी लगायत धेरै धार्मिक पर्यटकीय स्थल नेपालमा रहेको र धार्मिक पर्यटनका माध्यमबाट नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिने बताए । उनले अतिथि देव भवः को मूल मन्त्र अनुसार पर्यटकको स्वागत तथा सत्कार गर्नुपर्नेमा जोड दिए । उनले परिणाम पाउनका लागि प्रतीक्षा गर्नुपर्ने बताए ।

    प्राकृतिक तथा धार्मिक रुपले भरिपूर्ण रहेको प्रदेशमा पनि छिमेकी देश भारतीय पर्यटकको बसाइलाई लम्ब्याउन नसक्नु दुःखद रहेको उनले बताए ।

    त्यस्तै लुम्बिनी प्रदेशका कृषिमन्त्री भण्डारीलाल अहिरले विभिन्न कला, संस्कृति र भाषाभाषीको जगेर्ना गर्दै नेपाल टेलिभिजन अगाडी बढिरहेको बताए ।

    एनटिभी कोहलपुरका प्रमुख विजय बर्माले नेपाल टेलिभिजन स्थापना भएपछि नेपाल सञ्चार प्रणाली थप बलियो र संक्रिय भएको बताए । अहिले नेपाल टेलिभिजनले विभिन्न भाषाभाषी, कला संस्कृति, कृषि, पर्यटन लगायतलाई बढी प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए ।

    एनटिभी कोहलपुरका उत्पादन प्रमुख रामचन्द्र लोहार एनटिभी कोहलपुरको स्थापना र वर्तमान अवस्थाबारे जानकारी गराए । अहिले छुट्टै च्यानलको रुपमा रहेर लुम्बिनी, कर्णाली र सुदूपश्चिम प्रदेशका विभिन्न भाषाभाषीका कार्यक्रम तथा समाचार तयार गर्न सफल भएको उनले बताए ।

    वार्षिकोत्सवको अवसरमा एनटिभी कोहलपुरले विभिन्न विधामा खेलकुद प्रतियोगिता गरेको थियो । प्रतियोगितामा विजयी भएका खेलाडीलाई सम्मान पनि गरिएको थियो । ब्याडमिन्टन प्रतियोगितामा रुपेश बिसी र दुर्गा भट्ट प्रथम, मुकेश चौधरी र विपिन श्रीवास्तव द्वितीय र डिलप्रकाश गौतम र भिम डाँगी तृतीय भएका थिए ।

    त्यस्तै घैटो फुटाउने खेलतर्फ बमबहादुर खड्का विजयी भएका थिए । यस्तै उत्कृष्ट संवाददातामा बाँकेका रुद्र सुवेदी र बर्दियाका डिलप्रकाश गौतम सम्मानित भएका थिए । एनटिभी कोहलपुरको पुरानो कार्यक्रम ग्रहफलका प्रस्तोता जगत प्रसाद लामिछाने पनि सम्मानित भएका थिए । त्यसै गरी एनटिभी कोहलपुरसँगको उत्कृष्ट सहकार्यका लागि नरैनापुर गाउँपालिका र समाजसेवी यामबहादुर गैरेलाई पनि सम्मान गरिएको थियो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij