images

सोमवार, बैशाख २४ गते २०८१

रामग्राम जेसीजद्वारा बुद्ध ज्ञान साईकल यात्राको टोलीलाई स्वागत

रामग्राम जेसीजद्वारा बुद्ध ज्ञान साईकल यात्राको टोलीलाई स्वागत

images
images
images
शुक्रवार, माघ १२ २०८०
शुक्रवार, माघ १२ २०८०
  • रामग्राम जेसीजद्वारा बुद्ध ज्ञान साईकल यात्राको टोलीलाई स्वागत

    परासी, १२ माघ । 
    भगवान गौतमबुद्धसँग सम्बन्धित स्थलहरुको प्रवद्र्धन गर्ने उद्देश्यले सुरु भएको बुद्ध ज्ञान साईकल यात्रा २०८० को टोलीले रामग्राम स्तूपाको भ्रमण अवलोकन गरेको छ । रुपन्देहीको भैरहवाबाट सुरु भएको उक्त साईकल यात्राको टोलीलाई शुक्रबार बिहान पश्चिम नवलपरासीको रामग्राम–७ उजैनीस्थित रामग्राम स्तूपमा रामग्राम जेसीजले भव्य स्वागत गरेको थियो ।

    images
    images
    images

    साईकल सिटी भैरहवाको आयोजनामा सुरु भएको विश्व साईकलयात्री पुष्कर शाहसहितका २५० जना राष्ट्रिय तथा अन्र्तराष्ट्रिय साईकल यात्रीहरुको टोलीलाई रामग्राम स्तूपमा स्वागत गर्दै स्तूपको महत्वबारे जानकारी गराइएको हो । स्वास्थ्य, पर्यावरण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले माघ १२ गते बिहान भैरहवास्थित लुम्बिनीरोडबाट सुरु भएको उक्त साईकल यात्रा बुद्धसँग सम्बन्धित स्थलहरु रामग्राम, पण्डितपुर, देवदह, तिलौराकोट हुँदै माघ १३ गते भैरहवामा सम्पन्न हुँदैछ ।

    रामग्राम स्तूपमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा रामग्राम जेसीज वर्ष २०२४ का अध्यक्ष मोहन पौडेलले साईकलयात्रीहरुको टोलीलाई भगवान गौतमबुद्धको अस्तिधातु रहेको विश्वकै एकमात्र स्थल रामग्राम स्तूपमा स्वागत गर्न पाउँदा गौरव लागेको बताए । उनले विश्वका बौद्ध धर्मावलम्बीहरु र विदेशी पर्यटकलाई अत्यन्त महत्वपूर्ण स्थलको रुपमा रामग्राम रहे पनि यहाँको उचित विकास, संरक्षण, सम्बद्र्धन तथा प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताउँदै बुद्ध ज्ञान साईकल यात्राको माध्यमबाट यहाँको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

    उक्त अवसरमा प्रमुख अतिथिको रुपमा बोल्दै रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले अहिलेसम्म उत्खनन् नभएको विश्वकै एकमात्र पवित्र अस्थिधातु रहेको अति महत्वपूर्ण स्थल रामग्राम स्तूपसहित कोलिया गणराज्यको राजधानी पण्डितपुरको समेत यो साईकल यात्राको माध्यमबाट विश्वका बौद्ध धर्मावलम्बीहरुबीच प्रवद्र्धन हुनेमा विश्वास व्यक्त गरे ।

    संघीय सरकार अन्तरगत रहेका कारण रामग्राम स्तूपको उचित विकास हुन नसकेको बताउँदै नगरप्रमुख यादवले यस क्षेत्रको विकास, संरक्षण र प्रचारप्रसारका लागि स्थानीय सरकारको तर्फबाट पहल गरिरहेको उल्लेख गरे । उनले रामग्राम नगरभित्रका सडकहरुमा हाल साईकल लेन नरहेकोले अबदेखि निर्माण हुने सबै सडकहरुमा साईकलका लागि छुट्टै लेन निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    रामग्राम जेसीज वर्ष २०२४ का अध्यक्ष मोहन पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर उपप्रमुख सम्झना चौधरी, साईकल सिटी भैरहवाका अध्यक्ष सूर्यकुमार सारु मगर, नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सन्दिप अग्रहरी, रामग्राम जेसीजका पूर्वअध्यक्षहरु लगायतको सहभागीता रहेको थियो ।

    404691569_7165650880218979_5821264292137047096_n.jpg

    कार्यक्रममा रामग्राम जेसीज वर्ष २०२४ का कानूनी सल्लाहकार विष्णुराज राव, महासचिव मुकेश नारायण लोनिया, कार्यक्रम संयोजक तथा कार्यकारिणी उपाध्यक्ष सुनिल कुमार यादव लगायतले भनाइ राखेका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij