२०८२, आश्विन ४ गते

Sep 20 2025 | २०८२, आश्विन ४ गते

पासोमा परेर घाइते भएको चितुवाको उद्वार

बुधवार , माघ २८, २०७७

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • अर्घाखाँची, २८ माघ ।
    अर्घाखाँचीमा पासोमा परेर घाइते अवस्थामा फेला परेको चितुवालाई उद्वार गरिएको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर २ सितापुरको गैरीखेतमा पासोमा परेर घाइते भएको पोथी चितुवालाई डिभिजन वन कार्यालय अर्घाखाँचीको पहलमा सुरक्षाकर्मी र स्थानीयबाट उद्वार गरिएको सहायक वन अधिकृत मोतिराम पौडेलले जानकारी दिए ।

    चितुवाको खुट्टामा चोट लागेको छ । चितुवा करिव ३५ केजीको रहेको छ ।अ हिले डिभिजन वन कार्यालय अर्घाखाँचीको खोरमा राखेर उपचार भइरहेको भने पासो कसले थापेको विषयमा थप अनुसन्धान समेत भएको पौडेलले जानकारी दिए ।