images

सोमवार, बैशाख २४ गते २०८१

लुम्बिनीमा माेन्लम पूजा सुरु, उपाध्यक्ष डा. लामाद्वारा उद्घाटन

लुम्बिनीमा माेन्लम पूजा सुरु, उपाध्यक्ष डा. लामाद्वारा उद्घाटन

images
images
images
बिहिवार, माघ ११ २०८०
बिहिवार, माघ ११ २०८०
  • लुम्बिनीमा माेन्लम पूजा सुरु, उपाध्यक्ष डा. लामाद्वारा उद्घाटन

    लुम्बिनी, ११ माघ । बुद्ध जन्मस्थल लुम्बिनीमा धार्मिक गतिविधि प्रवर्द्धन गर्दै बौद्धमार्गीहरुलाई आमन्त्रण गर्ने गरी बिहीबारदेखि प्राणीधान मोन्लम पूजा सुरु भएको छ । महायाना अन्तर्गत महागुरूको स्मृतिमा विश्व शान्तिको कामना गर्दै लुम्बिनीस्थित मायादेवी मन्दिर अगाडि पाँचदिने पूजा शुरु भएको हो । 

    images
    images
    images

    पूजाको लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा संविधानसभा सदस्य खेन्पो छिमे डा. ल्हारक्याल लामाले शुभारम्भ गरे । उनले कोभिडपछि लुम्बिनीमा बौद्ध धार्मिक गतिविधि शून्य जस्तो भएको अवस्थामा आफू नेतृत्वमा आएपछि मोन्लम पूजालाई प्राथमिकता दिएको बताए । उनले यो वर्षमा मात्रै पाँचवटा मोन्लम पूजा गरिएको बताउँदै अर्को वर्ष यसलाई वृद्धि गर्ने बताए । 

    लुम्बिनी पुण्य भूमि भएकाले महायाना परम्पराका बौद्धिष्टहरु पूजा गर्न इच्छुक हुने भएकाले कोषकातर्फबाट वातावरण बनाउने काम भइरहेको छ । पूजामा विश्व शान्तिको कामना, प्रकृति, प्राणी जगतको भलाको कामना गरिने उनले बताए । महागुरु बुमटस्क फर वल्र्ड पिसको आयोजनामा सुरु भएको मोन्लम पूजामा उपाध्यक्ष डा. लामा सहित प्रख्यात रिन्पोछेहरु छोग्न्यी रिपोन्छे, टुंगो कर्मा साङम्बो रिन्पोछे र खान्डो छिरिङमा रिन्पोछे सहभागी छन् । 

    यसका साथै रिन्पोछेहरुसहित विभिन्न गुम्बाहरुका लामा, आनी एकै ठाउँमा भेला भई मन्त्रोच्चारण र पाठ गर्दा लुम्बिनी गुञ्जायमान भएको छ । मायादेवी मन्दिर परिसरमा आयोजित पूजाले लुम्बिनीको वातावरणमा एक प्रकारको आध्यात्मिक तरंग ल्याएको छ ।  

    मोल्नम पुजामा चिनियाँ चर्चित चलचित्रकर्मी समेत रहेका हलिउड स्टार जेट्ली समेत सहभागी छन् । उनी मोल्नम पूजा अवधिभर सहभागी हुनेछन् । भगवान बुद्धका उपदेशहरु पाठ गर्दै बोद्धिसत्व र विश्व शान्तिको कामना गरी गरिएको पुजाको महायान परम्परामा निकै ठूलो महत्व छ । लुम्बिनी विकास कोषले मोन्लम जस्ता पूजाहरुलाई नीतिगत रुपमा प्रोत्साहन गर्दै आएको छ ।

    लुम्बिनीमा आयोजना हुने यस्ता पूजाले लुम्बिनीमा धार्मिक पर्यटकहरु आर्कषित हुने र यसले बुद्धका उपदेश र सन्देश थप फैलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij