
मंगलवार , माघ २७, २०७७
भैरहवा, २७ माघ ।
रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा बुधबार (भोलि) देखि नेपाल टेलिकम रुपन्देही सुपर लिग प्रतियोगिता–२०७७ हुने भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा हुने उक्त एक दिवसीय प्रतियोगिता माघ २८ देखि फागुन २९ गतेसम्म चल्ने संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए । विगत ६ वर्षदेखि नेपालमै डिभिजन फर्मेटमा हुने यो पहिलो प्रतियोगिता हो ।
आयोजकले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगितामा जिल्लाभित्रका ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिम सहभागी हुने जनाएका छन् । आयोजकका अनुसार सुरुमा बी डिभिजन १२ टिमबीच प्रतिष्पर्धा गराइनेछ । त्यसबाट उत्कृष्ट ४ टिम ए डिभिजनमा उक्लिनेछन् । त्यसपछि ए डिभिजनका १२ टिमबीच प्रतिष्पर्धा हुनेछ ।
संघका अध्यक्ष मल्लले प्रतियेगितामा नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीहरु पनि खेल्ने जानकारी दिए । लिगका उत्पादन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु खेलिसकेका छन् ।
प्रतियोगितामा बी डिभिजनका शंकरनगर क्रिकेट क्लब, ज्ञानोदय, बुटवल राइनोज, वेष्टर्न, गोलपार्क, बुटवल युथ, साई ग्लोबल, तिलोत्तमा, लुम्बिनी कासाई, सैनामैना, प्रोफेसनल मास्र्टस, स्टार क्रिकेट क्लब सहभागी हुनेछन् । त्यस्तै ए डिभिजनबाट देवदह क्रिकेट युनिट, न्यू होराइजन, बुटवल ११, तिरुपति, लुम्बिनी खुकुरी, बुद्ध स्पोटर््स, जिआर र एमसीसी क्रिकेट क्लब सहभागी हुनेछन् ।
करिब १२ लाख रुपैयाँ खर्च लाग्ने प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार रुपैयाँ प्रदान गरिने संघका सचिव संजय गुरुङले बताए । प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएका छन् । रुपन्देही क्रिकेट संघले निरन्तर प्रतियोगिताहरु सञ्चालन गर्दै आएका संघका सदस्य उदय कुमार मल्लिकले बताए ।
लुम्बिनी प्रेस क्लब रुपन्देहीका अध्यक्ष नरेश के.सी.ले नेपालको खेलकुद क्षेत्रको विकासमा रुपन्देही क्रिकेट संघको महत्वपूर्ण योगदान गरेको बताए । पत्रकार सम्मेलनमा रुपन्देही क्रिकेट संघका उपाध्यक्ष धिरज क्षेत्री, कोषाध्यक्ष निरज प्रताप खांण लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij