images

बिहिवार, बैशाख २० गते २०८१

उपाध्यक्ष डा. लामा र सुङबीच लुम्बिनीको विकासमा सहकार्य गर्नेबारे छलफल

उपाध्यक्ष डा. लामा र सुङबीच लुम्बिनीको विकासमा सहकार्य गर्नेबारे छलफल

images
images
images
बुधवार, माघ ३ २०८०
बुधवार, माघ ३ २०८०
  • उपाध्यक्ष डा. लामा र सुङबीच लुम्बिनीको विकासमा सहकार्य गर्नेबारे छलफल

    भैरहवा, ३ माघ ।
     
    लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष युन सुङबीच लुम्बिनीको विकासमा सहकार्य गर्ने बिषयमा छलफल भएको छ । उपाध्यक्ष डा. लामा र सुङबीच  बुधबार भएको भेटवार्ताम शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विकासमा सहकार्य गर्ने, चिनियाँ पर्यटकलाई लुम्बिनीमा बढी भन्दा बढी ल्याउने लगायतका विषयमा छलफल भएको हो । 

    images
    images
    images

    भेटमा उपाध्यक्ष डा. लामाले चिन र नेपालबीचको सम्बन्ध भगवान बुद्धले थप नजिक बनाएको बताउँदै लुम्बिनीमा चिनियाँ पर्यटकलाई स्वागत गर्न आतुर रहेको बताए । चिनमा बुद्धका अनुयायीहरु धेरै रहेकाले बुद्ध जन्मस्थलमा ल्याउने वातावरणका लागि पहल गरिदिन उपाध्यक्ष डा. लामाले आग्रह गरे ।
     
    भेटमा डा. लामा र उपाध्यक्ष सुङबीच दुई देशविचको साझेदारी, लुम्बिनीको विकास संरक्षण र सम्बद्र्धन लगायतका बिषयमा छलफल भएको थियो । भेटमा चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एशोसिएशनका उपाध्यक्ष सुङले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा निकै खुशी लागेको बताए ।

    उनले बुद्ध जन्मस्थल चिनियाँहरुका लागि पवित्र स्थल रहेकाले यसको प्रचारप्रसार गर्ने बताए । लुम्बिनी भ्रमणमा रहेका उपाध्यक्ष युन सुङको टोलीमा करिब ४० जना भिक्षु, भिक्षुणी सहभागी छन् । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij