images

बिहिवार, बैशाख २० गते २०८१

चिनिया बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष सुङलाई स्वागत

चिनिया बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष सुङलाई स्वागत

images
images
images
सोमवार, माघ १ २०८०
सोमवार, माघ १ २०८०
  • चिनिया बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष सुङलाई स्वागत

    भैरहवा, १ माघ ।

    images
    images
    images

    लुम्बिनी भ्रमणका लागि आएका चीनको अन्तर्राष्ट्रिय बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष युन सुङलाई नेपाल–चीन मैत्री समाज लुम्बिनीले स्वागत गरेको छ । सुङलाई रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चकन्यासहित स्वागत गरेको हो ।

    सो अवसरमा उपाध्यक्ष सुङले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा निकै खुशी लागेको बताए । उनले आफ्नो भ्रमणले लाखौं चिनिया बौद्धमार्गीहरुलाई लुम्बिनी भ्रमणमा आउन प्रेरित गर्ने विश्वास लिएको बताए । 

    नेपाल–चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायणप्रसाद सापकोटाले चिनिया नागरिक र दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध विस्तारमा समाजले सक्दो योगदान गरेको जानकारी गराए । उनले आउँदै गरेको चिनिया नयाँ वर्षको राष्ट्रिय पर्वका अवसरमा हुने एक साता लामो विदामा चिनियाहरुलाई लुम्बिनी आकर्षित गर्न तीनै तहका सरकारले विशेष योजना र टुर प्याकेज बनाएर ठूलो संख्यामा पर्यटक  भित्राउन सके समग्र रुपन्देहीको आर्थिक विकासमा टेवा पुग्ने औंल्याए ।

    सुङको स्वागतमा समाजका अध्यक्ष नारायणप्रसाद सापकोटा, सिद्धार्थनगर नगरपालिकाकी निवर्तमान उपप्रमुख उमा काफ्ले, संस्थाका उपाध्यक्ष डा. ऋषिराम शर्मा, केशव शर्मा बेलवासे, निर्मल शर्मा सहभागी थिए । 

    उपाध्यक्ष युन सुङको टोलीमा करिब ४० जना भिक्षु, भिक्षुणी सहभागी छन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij