images

बिहिवार, बैशाख २० गते २०८१

रोहिणी ऐतिहासिक महत्व बोकेको गाउँपालिका हो : अध्यक्ष पोखरेल

रोहिणी ऐतिहासिक महत्व बोकेको गाउँपालिका हो : अध्यक्ष पोखरेल

images
images
images
आइतवार, पौष २९ २०८०
आइतवार, पौष २९ २०८०
  • रोहिणी ऐतिहासिक महत्व बोकेको गाउँपालिका हो : अध्यक्ष पोखरेल

    भैरहवा, २९ पुस ।
    नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले रोहिणी ऐतिहासिक महत्व बोकेको गाउँपालिका भएको बताएका छन् । उनले रोहिणी नदी बुद्धसँग सम्बन्धित भएको र यसको ऐतिहासिक महत्व रहेको बताए ।

    images
    images
    images

    लुम्बिनी प्रेस क्लब रुपन्देहीले शनिबार रुपन्देहीको रोहिणी गाउँपालिका–२ स्थित गौतमबुद्ध सामूदायिक वनमा आयोजना गरेको क्लबको सातौं वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रममा अध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । उनले रोहिणी नदीको महत्वबारे प्रचारप्रसारमा जोड दिन आग्रह गरे ।रोहिणीको ऐतिहासिक महत्वबाट धेरै पाठ सिक्न सकिन्छ ।

    उनले विभिन्न ठाउँका समस्याहरुको पहिचान गर्ने र मुद्दा उठाउने र पहिचान भएका मुद्दाहरुको सामाजिकरण गर्ने लुम्बिनी प्रेस क्लबका सदस्यहरुको दायित्व रहेको बताए । उनले भने, ‘क्लबका सदस्यहरुले भूमिका निर्वाह गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु र भूमिका निर्वाह गर्न पनि आग्रह गर्दछु । पत्रकारले गर्ने भनेको यही नै हो ।’

    अध्यक्ष पोखरेलले पत्रकारले मुद्दा उठाउने र त्यो मुद्दा समाजको हो भनेर स्थापित गराए बल्ल त्यसलाई सम्बोधन गर्न स्थानीय पालिकासँगै सांसद् तयार हुने र सिंगो सरकारको पनि ध्यान जान सक्ने उल्लेख गरे । ऐतिहासिक महत्व भएका ठाउँ र त्यहाँका मुद्दा, आवश्यकता पहिचान गर्ने त्यसको पक्षमा पैरिवी गर्ने पत्रकारको काम भएको बताए ।

    nmmmmk.jpg

    त्यस्तै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणी नदी बुद्धसँग सम्बन्धित भएको बताए । उनले यस स्थानलाई व्यवस्थित गर्दै जाने बताए । अध्यक्ष यादवले पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।
    लुम्बिनी प्रेस क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझीले समाज रुपान्तरणका लागि क्लबले भूमिका निर्वाह गरेको बताए । उनले रोहिणी नदीको ऐतिहासिक महत्व रहेको बताए ।

    कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना, पूर्वअध्यक्ष दीपेश पछाई, सल्लाहकार कुलमणि ज्ञवाली, मनोरञ्जन शर्मा, पूर्व कार्यसमिति सदस्य सलमान खानलगायतले बोलेका थिए ।

    क्लबका उपाध्यक्ष श्यामशंकर पाण्डेको स्वागत तथा सचिव प्रकाश न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा महासचिव शंकर प्रसाद पाण्डेले महासचिवको प्रतिवेदन तथा कोषाध्यक्ष राधेश्याम विश्वकर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij