images

सोमवार, बैशाख १७ गते २०८१

पीएम कप: लुम्बिनी प्रदेश विजयी सुरुवात

पीएम कप: लुम्बिनी प्रदेश विजयी सुरुवात

images
images
images
शनिवार, पौष २८ २०८०
शनिवार, पौष २८ २०८०
  • पीएम कप: लुम्बिनी प्रदेश विजयी सुरुवात

    भैरहवा, पुस २८ । भैरहवामा भएकाे प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेल लुम्बिनी प्रदेशले जितेको छ । शनिबार सिद्धार्थ रंगशालामा टस जितेर फिल्डिङ रोजेको लुम्बिनीले एक सय १२ रनको लक्ष्य चार विकेट बाँकी छँदै पूरा गर्यो ।

    images

    पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित ४२ ओभरको खेलमा ३४ दशमलव चार बलमै सबै विकेट गुमाउँदै एक सय ११ रन मात्र बनाउन सक्यो । उसका लागि करण पंगेनीले सर्वाधिक २८ रन, कृष्ण अहिर १९, समीर खड्का र अमृत गुरुङले समान १३-१३ रन बनाए ।

    बलिङमा लुम्बिनीका अजय चौहानले पाँच, मोहम्मद हुसेनले दुई तथा कृष्ण कार्की, अभिषेक गौतम र नर सार्कीले समान एक-एक विकेट लिए । जवाफी ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । उसकाे जितमा मिर्नाल गुरुङले ४७, मोहम्मद हुसेनले २१ र विराट भण्डारीले दश रन जोडे ।

    बलिङतर्फ गण्डकीका विपिन खत्री र कमल परियारले समान तीन-तीन विकेट लिए । लुम्बिनीका अजय चाैहान म्यान अफ दि म्याच घोषित भए । आइतबार  कर्णाली र गण्डकी प्रदेश बीच हुनेछ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij