images

बिहिवार, बैशाख २० गते २०८१

विचारले व्यक्ति युवा हुनुपर्छ : मन्त्री पाण्डेय

विचारले व्यक्ति युवा हुनुपर्छ : मन्त्री पाण्डेय

images
images
images
शुक्रवार, पौष २७ २०८०
शुक्रवार, पौष २७ २०८०
  • विचारले व्यक्ति युवा हुनुपर्छ : मन्त्री पाण्डेय

     

    images
    images
    images

    भैरहवा, २७ पुस ।

    लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले विचारले व्यक्ति युवा हुनुपर्ने बताएका छन् । उनले उमेरले मात्र व्यक्ति युवा हुन नसक्ने बताए । वेदः सिर्जनशील संस्था सुनवल नगरपालिका–११ नवलपरासीको आयोजनामा बिहीबारदेखि भुमहीमा सुरु भएको सुनवल युवा सम्मेलन–२०८० (दोस्रो संस्करण) को उद्घाटन गर्दै मन्त्री पाण्डेयले यस्तो बताएका हुन् ।

    WhatsApp Image 2024-01-11 at 8.37.00 PM.jpeg

    उनले भने, ‘१८ वर्ष उमेरको व्यक्तिले केवल अतितको कुरा गर्छ र वर्तमान समस्या समाधान गर्न सक्दैन भने त्यसलाई युवा भन्ने कि ७५ वर्षको वृद्धले १ सय वर्षको योजना तथा रणनीति बनाउन सक्छ र वर्तमान समयको समाधान गर्न सक्छ भने त्यो व्यक्ति युवा भन्ने ? त्यसैले उमेर भन्दा पनि व्यक्ति सोच र विचारमा युवा हुनुपर्छ ।’

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले सकारात्मक सोच विश्वका लागि सबैभन्दा ठूलो चुनौति रहेको बताए । उनले सकारात्मक सोचका साथ अघि बढे निश्चित रुपमा लक्ष्य प्राप्त गर्न र परिवर्तन गर्न सकिने बताए । सकारात्मक सोच बिना लक्ष्य प्राप्ती गर्न नसकिने उनको भनाइ छ । मन्त्री पाण्डेयले बुद्धसँग सम्बन्धित क्षेत्रहरुको विकास गरी पर्यटनको माध्यमबाट मुलुकलाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिने बताए । उनले लुम्बिनी प्रदेश सरकारले स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्ने, २ लाख युवाहरुलाई रोजगारी दिने नीति लिएको बताए ।

    नेपालमा धेरै पर्यटकीय स्थलहरु रहेको र ती पर्यटकीय स्थलहरुलाई व्यवस्थित गर्दै धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सके आर्थिक समृद्धि ल्याउन सकिने उनले बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij