images

बिहिवार, बैशाख २० गते २०८१

भारतीय पर्यटकलाई दुःख नदिऔं : गृहमन्त्री पाण्डेय

भारतीय पर्यटकलाई दुःख नदिऔं : गृहमन्त्री पाण्डेय

images
images
images
शुक्रवार, पौष २७ २०८०
शुक्रवार, पौष २७ २०८०
  • भारतीय पर्यटकलाई दुःख नदिऔं : गृहमन्त्री पाण्डेय

    भैरहवा, २७ पुस ।
    लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले भारतीय पर्यटकलाई अनावश्यक रुपमा दुःख नदिन आग्रह गरेका छन् । उनले पर्यटन क्षेत्रको विकासले मुलुक आर्थिक रुपमा सम्पन्न हुन सक्ने भएकाले पर्यटकलाई सहज रुपमा बढी भन्दा बढी संख्यामा भित्र्याउनुपर्नेमा जोड दिए ।

    images
    images
    images

    गृह मन्त्रालय लुम्बिनी प्रदेश दाङको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रुपन्देहीको संयोजनमा रुपन्देहीको भैरहवामा भएको जिल्लास्तरीय सुरक्षा व्यवस्थापन तथा अपराध नियन्त्रण सम्बन्धी सुरक्षा गोष्ठीमा मन्त्री पाण्डेयले यस्तो बताएका हुन् ।

    उनले भारतीय नम्बर प्लेटका गाडी देख्नेबित्तिकै भारतीय पर्यटकलाई फरक व्यवहार गर्न नहुने बताए । उनले भने, ‘प्रकृतिले पर्यटनका लागि बनाइदिएको राष्ट्र नेपाल हो । यहाँ पर्यटक आउँछन्, एकछिन रमाउँछन्, पैसा खर्च गर्छन् र फर्कन्छन् । पर्यटकलाई हामीले अवरोध गर्नुहुँदैन । बाधा पुर्याउनुहुँदैन । चेक प्वाइन्टहरुमा रोकेर चेकजाँच गर्नु ठीकै हो । पर्यटक जुन देशको भए पनि पर्यटक हाम्रा अतिथि हुन् । पर्यटकलाई दुःख दिनुहुँदैन । ’ भारतीय पर्यटकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन उनले आग्रह गरे । पर्यटक अतिथि भएकाले अतिथिलाई सहज रुपमा भित्र्याउनुपर्ने उनको भनाइ छ ।

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले अहिले आर्थिक मन्दीका कारण उद्योगी–व्यवसायी मारमा रहेको बताए । उनले लाखौंलाख पर्यटक भित्र्याउन सके पर्यटकले खर्च गर्ने रकम पनि धेरै हुने र पर्यटनका माध्यमले नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिने बताए । 

    बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित क्षेत्र र अन्य पर्यटकीय स्थलहरुमा पर्यटकलाई पुर्याउन सके नेपालको पर्यटनको विकासमा धेरै टेवा पुग्ने मन्त्री पाण्डेयले बताए । उनले नेपालमा नयाँ पर्यटकीय स्थल बनाउने भन्दा पनि भएका पर्यटकीय स्थलहरु व्यवस्थित गर्न सके मात्र पुग्ने बताए । मन्त्री पाण्डेयले सीमित साधनस्रोतका बाबजुद प्रहरी शान्ति सुरक्षा कायम गर्न र अनुसन्धान गर्न सफल भएको बताए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij