images

बिहिवार, बैशाख २० गते २०८१

श्रीलंकाका राजदुतलाई लुम्बिनीमा स्वागत, भैरहवाबाट नियमित उडान हुने प्रतिवद्धता

श्रीलंकाका राजदुतलाई लुम्बिनीमा स्वागत, भैरहवाबाट नियमित उडान हुने प्रतिवद्धता

images
images
images
शनिवार, पौष २१ २०८०
शनिवार, पौष २१ २०८०
  • श्रीलंकाका राजदुतलाई लुम्बिनीमा स्वागत, भैरहवाबाट नियमित उडान हुने प्रतिवद्धता

    लुम्बिनी, २१ पुस ।
    नेपालका लागि श्रीलंकन राजदुत सुदर्शना पाथिरानालाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ । कोषका उपाध्यक्ष डा. ल्हाक्याल लामा (खेन्पो छिमे) ले शनिबार राजदुत पाथिरानालाई बुद्ध जन्मस्थल लुम्बिनीमा स्वागत गरेका हुन ।

    images
    images
    images

    उपाध्यक्ष डा. लामाले राजदुत पाथिरानासँग बुद्धजन्मस्थल लुम्बिनीको पर्यटकीय, धार्मिक र ऐतिहासिक विकासका लागि रुपन्देहीको भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न आग्रह गरे । उनले श्रीलंका बुद्धिष्ट राष्ट्र समेत रहेकाले भैहवा विमानस्थलमा सिधा उडान गर्दा बुद्धजन्मस्थल लुम्बिनी आउने निकै सहज हुने बताए । एयर फोर्स चिफ समेत रहेर काम गरिसकेका राजदुत पाथिरानाले गौतमबुद्ध विमानस्थलमा श्रीलंकाबाट नियमित उडान हुने प्रतिवद्धता जनाए । उनले बुद्ध जन्मस्थल लुम्बिनी जस्तो पवित्र स्थान आउन धेरै श्रीलंकनहरु इच्छुक हुने गरेको बताउँदै सिधा उडान गरेर आउने व्यवस्थाका लागि तत्तकालै काम गर्ने बताए । 

    welcome rajdut.jpeg

    उक्त अवसरमा राजदुत पाथिराना र उपाध्यक्ष डा. लामाबीच लुम्बिनीको धार्मिक, साँस्कृतिक र पर्यटकीय विकास, संरक्षण र सम्बद्र्धक बिषयमा सहकार्यका लागि समेत छलफल भएको छ ।

    राजदुत पाथिरानाले शनिबार बुद्धजन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरको दर्शन समेत गरेका छन् । कोषका सदस्य सचिव सानुराजा शाक्यले राजदुत पाथिरानालाई लुम्बिनीको महत्व, यसको पछिल्ला विकास लगायतका विषयमा जानकारी गराए ।

    राजदुत पाथिरानालाई लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, कार्यकारी सदस्य श्याम रोका, सूचना तथा जनसम्पर्क अधिकृत हरिध्वज राई, लेखा अधिकृत भिम बस्नेतले समेत स्वागत गरेका थिए । राजदुत पाथिरानाले लुम्बिनीसँगै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समेत भ्रमण गर्नेछन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij