images

शनिवार, बैशाख २२ गते २०८१

सकियो लुम्बिनी एक्स्पो–२०८० : १० लाख दर्शक, ५० करोड कारोबार

सकियो लुम्बिनी एक्स्पो–२०८० : १० लाख दर्शक, ५० करोड कारोबार

images
images
images
बिहिवार, पौष १९ २०८०
बिहिवार, पौष १९ २०८०
  • सकियो लुम्बिनी एक्स्पो–२०८० : १० लाख दर्शक, ५० करोड कारोबार

    रुपन्देही, १९ पुुस ।
    रुपन्देही व्यापार संघको आयोजनामा  पुस ५ गतेदेखि बुटवलमा सुरु भएको लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेला ५० करोड रुपैयाँको कारोबार गर्दै बुधवार सकिएको छ । मण्डपमा निमार्णाधीन आधुनिक प्रदर्शनी केन्द्रमा १४ दिनसम्म सञ्चालन भएको एक्स्पोका १० लाख दर्शकले अवलोकन गर्दा ५० करोड कारोबार भएको आयोजकले बताएका छन् ।

    images
    images
    images

    प्रदर्शनी मूल आयोजक समितिका संयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले एक्स्पो यस क्षेत्रका लागि एक पहिचान र उत्सव बनेको बताए । अध्यक्ष घिमिरेले राजधानी बाहिर निर्माण हुँदै गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिक डिजाइनमा एक्स्पो गर्न पाउँदा व्यवस्थापनमा धेरै सहज भएको जनाए । 
    उनले एक्स्पोमा संघले राखेको १० लाख दर्शकको अवलोकन र ५० करोड कारोबारको लक्ष्य पूरा भएकोमा खुशी व्यक्त गर्दै व्यवसायीहरुले पछिल्ला दिनमा सामना गर्नुपरेको आर्थिक संकट र व्यवसायिक अस्थिरताको अन्त्य गरी बजारलाई चलायमान बनाउन एक्स्पोले सकारात्मक भूमिका निर्वाह गरेको जनाए । 

    अध्यक्ष घिमिरेले कृषिलाई प्राथमिकता दिएर थप व्यवस्थित र विशेष आर्कषक बनाएको उल्लेख गर्दै कृषि पेभिलियनमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाभित्रका उत्पादनहरुलाई प्राथमिकता दिएर समावेश गर्दा सबै क्षेत्रबाट राम्रो सन्देश पाएको बताए । 

    समापन समारोहमा प्रदर्शनीमा सहभागी स्टलहरुको मूल्यांकन गरी पुरस्कृत गरिएको थियो । कार्यक्रमका लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री लिला गिरी र मेला मूल समितिका संयोजक कृष्ण प्रसाद घिमिरेले पुरस्कार तथा प्रमाणपत्रहरु वितरण गरे । 

    स्टलहरुमा प्रथम गोल्ड स्टार सुज (उपहार सुज हाउस), द्वितीय चिनारी महिला साझेदारी अल्लो उद्योग तथा तृतीय लकासी अचार उद्योग तिलोत्तमा भएका छन् ।  

    त्यसै गरी स्टल सहभागी सान्त्वना पुरस्कार राडीपाखी घरमना उद्योग, शुभ लक्ष्मी हेण्डीक्राफ्ट एण्ड मोडल गार्मेन्ट उद्योग, सिओना लेडिज स्लिपर्श र बजार व्यवस्थापन तथा विक्री कर्मचारी संघ (ओम्स नेपाल) ले पाएको छ । 
    त्यसै गरी महिला उद्यमीको तर्फबाट नेचुरल दुना टपरी उद्योग तथा उत्कृष्ट सजावट दुर्गड स्पाइसेस एण्ड फुड प्रोडक्टस प्रा.लि. पुरस्कृत भएका छन् ।

    समापन कार्यक्रममा प्रमुख अतिथि गिरीले वर्तमान खस्कदो आर्थिक गतिविधिलाई चलायमान बनाउन एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । उनले मेलाको सफलताले बुटवल आर्थिक राजधानी बन्न कसैले रोक्न नसक्ने बताउँदै सरकार दिशाबिहीन बन्दा विकासका काम अगाडि बढ्न नसकेको आरोप लगाए । 

    राजनीतिक आन्दोलन सकेर आर्थिक समृद्धिको मुद्दालाई अगाडि बढाउनेतर्फ सबैको ध्यान जानुपर्ने बताउँदै उनले व्यापार संघले यस क्षेत्रको आर्थिक विकासमा खेलेको भूमिकालाई कसैले विर्सन नहुने जनाए । 
    बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आर्थिक गतिविधि बढाउन यस प्रकारका मेला प्रदर्शनीलाई स्थानीय सरकारहरुले सधै साथ दिने प्रतिवद्धता जनाए । 

    fमेलाको पुस ५ गते पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका थिए । एक्स्पोमा सूचना प्रविधि, कृषि, हस्तकला, फ्लोरिकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, रेष्टुरेण्टलगायतका विभिन्न प्रकृतिका करिब ६ सय स्टलहरु रहेका थिए । एक्स्पोलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त गायकगायिका, हास्य कलाकार, विद्यालयस्तरीय लोकनृत्य, डान्स आइडल, भजन, र्यापलगायतका प्रतियोगिताहरु आयोजना गरिएका थिए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij