images

शनिवार, बैशाख २२ गते २०८१

क्यानडा र हङकङको चेम्बरसँग जोडियो लुम्बिनी प्रदेश चेम्बर

क्यानडा र हङकङको चेम्बरसँग जोडियो लुम्बिनी प्रदेश चेम्बर

images
images
images
बिहिवार, पौष १९ २०८०
बिहिवार, पौष १९ २०८०
  • क्यानडा र हङकङको चेम्बरसँग जोडियो लुम्बिनी प्रदेश चेम्बर

    रुपन्देही, १९ पुस । 
    नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशले विभिन्न अन्तर्राष्ट्रिय चेम्बर शाखाहरुसँग सहकार्य र साझेदारी गर्ने सहमति गरेको छ । हङकङस्थित नेपाल हङकङ चेम्बर अफ कमर्स, हिन्दू चेम्बर अफ कमर्स, क्यानडा तथा नेपाल-क्यानडा चेम्बर अफ कमर्सकाबीच साझेदारी गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंक प्रसाद पोेखरेलले जानकारी दिए ।

    images
    images
    images

    नेपाल भ्रमणका क्रममा बुधवार लुम्बिनी आइपुगेका हिन्दू चेम्बर अफ कमर्स क्यानडाका प्रतिनिधि तथा नेपाल—क्यानडा चेम्बर अफ कमर्सका प्रतिनिधि र लुम्बिनी चेम्बर अफ कमर्सका प्रतिनिधिबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

    रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सभाकक्षमा भएको भेटवार्तामा लुम्बिनी चेम्बरकातर्फबाट अध्यक्ष टंक प्रसाद पोखरेल र नेपाल क्यानडा चेम्बरका अध्यक्ष विजय पौडेल तथा हिन्दू चेम्बर अफ कमर्स क्यानडाका तर्फबाट अध्यक्ष नरेश चावडाले समझदारीपत्रमा हस्ताक्षर गरे । यसअघि गत महिना नेपाल चेम्बर अफ कमर्स हङकङका प्रतिनिधिसँग लुम्बिनी चेम्बरका अध्यक्ष पोखरेलले समझदारी गरेका थिए ।

    उक्त समझदारी पत्रमा हङकङ चेम्बरका तर्फबाट सभापति लालबहादुर गुरुङ्गले हस्ताक्षर गरेका थिए ।
    तीनवटै चेम्बरसँग भएका समझदारीमा एक–अर्काबीच सहकार्य गर्ने, अन्तर्राष्ट्रिय फोरमहरुमा लुम्बिनी चेम्बरलाई सहभागी गराउन पहल गर्ने, तालिम, छलफल, गोष्ठी र अन्तरक्रियाहरुलाई नियमित बनाउने, अनुभवहरुको आदानप्रदान गर्ने तथा व्यवसायिक भ्रमणहरु गर्ने समझदारी छ । 
    समझदारीमा लुम्विनी प्रदेशमा रहेका व्यवसायिक सम्भावनाहरुको प्रबद्र्धनका लागि सहयोग गर्ने सहमति समेत भएको छ । 

    त्यस्तै एक–अर्काका आधिकारीक सामाजिक सञ्जालहरुमा चेम्बरले गरेका गतिविधि, घटना, समाचार लगायतका सामग्री सेयर गर्ने सम्झौता समेत भएको छ । समझदारीपछि अनुभव आदानप्रदान गर्दै लुम्विनी चेम्बरका तर्फबाट अध्यक्ष पोखरेलले यहाँ पर्यटन, कृषि लगायतका क्षेत्रमा ठूलो सम्भावना रहेको बताउँदै आफूहरु यहाँको पर्यटन प्रबद्र्धनका लागि सहकार्य गर्न इच्छुक रहेको धारणा राखे ।

    कार्यक्रममा उपस्थित लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारकाल लामाले क्यानडाबाट लुम्बिनी भ्रमणमा आएका पाहुनाहरुलाई लुम्बिनीको महत्व र पर्यटकीय सम्भावनाका विषयमा जानकारी दिए । 

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका नायव महाप्रबन्धक छवि खनालले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार गरेर क्यानेडियन पर्यटकलाई लुम्बिनी ल्याउने वातावरण बनाउन आग्रह गरे । 

    क्यानडाका तर्फबाट सहभागी प्रतिनिधिहरुले पनि बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा प्रचुर पर्यटकीय सम्भावना रहेको विश्लेषण गर्दै यसको प्रबद्र्धनका लागि आफूहरु सहकार्य गर्न तयार रहेको प्रतिक्रिया दिए । नेपाल क्यानडा चेम्वरका अध्यक्ष विजय पौडेलले नेपालमा रहेको पर्यटकीय सम्भावनालाई सवै मिलेर प्रबद्र्धन गर्न र लाभ लिन सकिने बताए ।

    हिन्दू चेम्बर अफ कमर्स क्यानडाका अध्यक्ष नरेश चावडाले लुम्विनीमा पाएको स्वागत, सत्कार र आतिथ्यताले आफूलाई लोभ लागेको बताए । चेम्बर लुम्बिनीसँगको समझदारीलाई नयाँ उचाइमा पुर्याउन आफू तत्पर रहने उनले प्रतिक्रिया दिए । आगामी दिनमा लुम्बिनी क्षेत्रको विस्तृत भ्रमणको कार्यक्रम बनाउने आफूहरुको चाहना रहेको बताउँदै गौतमबुद्ध विमानस्थलमा नियमित उडान भए क्यानेडियन नागरिकहरुलाई सिधै लुम्बिनी भ्रमणका लागि आव्हान गर्न सजिलो हुने उनले धारणा राखे ।  

    लुम्बिनी चेम्बर अफ कमर्सका महासचिव जे.पी कंडेल, तिलोत्तमा चेम्बर अफ कमर्स, भैरहवा चेम्बर, परासी चेम्बर र पाल्पा चेम्बरका प्रतिनिधिहरु समेत कार्यक्रममा सहभागी थिए । क्यानेडियन चेम्बरको टोली लुम्बिनी भ्रमण पश्चात बुधबार भारत प्रस्थान गरेको छ । टोलीले भारतपछि बंगलादेश र श्रीलंकाको भ्रमण गर्ने कार्यक्रम छ। 

     

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij