images

शनिवार, बैशाख २२ गते २०८१

बुटवललाई पर्यटन क्षेत्रको ट्रान्जिट प्वाइन्ट बनाउन सरोकारवालाका सुझाव

बुटवललाई पर्यटन क्षेत्रको ट्रान्जिट प्वाइन्ट बनाउन सरोकारवालाका सुझाव

images
images
images
मंगलवार, पौष १७ २०८०
मंगलवार, पौष १७ २०८०
  • बुटवललाई पर्यटन क्षेत्रको ट्रान्जिट प्वाइन्ट बनाउन सरोकारवालाका सुझाव

    बुटवल, १७ पुस ।
    बुटवललाई पर्यटनको ट्रान्जिट प्वाइन्टको रुपमा विकास गर्न अल्पकालीन र दीर्घकालीन योजना बनाउन सरोकारवालाले सुझाएका छन् । बुटवलमा जारी लुम्बिनी एक्स्पोको अवसरमा रुपन्देही व्यापार संघले मंगलबार आयोजना गरेको पर्यटव प्रवद्र्धनमा मेरो भूमिका विषयक अन्तरसंवादमा सहभागीहरुले यातायातको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको बुटवल पर्यटनको ट्रान्जिट हब बन्न सक्ने प्रशस्त आधारहरु रहे पनि अहिलेसम्म यसको उल्लेख गरेका थिए । 

    images
    images
    images

    उत्तरतिर पाल्पा, पोखरा दक्षिणतर्फ बुद्ध जन्मस्थल लुम्बिनी रहेको बुटवलले पर्यटन क्षेत्रबाट राम्रो फाइदा लिन सक्ने पर्यटन सम्बन्धि जानकार, व्यवसायी र सरकारी अधिकारीहरुको भनाइ छ ।

    कार्यक्रममा लुम्बिनी प्रदेश पर्यटन परिषद्का कार्यकारी अधिकृत रामु जोशीले बुटवल र आसपासमा पर्यटकीय सम्भावनाको ठाउँ भए पनि त्यसको उपयोग हुन नसकेको बताए । बुटवलले पर्यटकलाई के देखाउने हो प्रष्ट गुरुयोजना बनाउन आवश्यक रहेको बताए । ‘औसतमा ५ सय वटा गाडी बेलहियाबाट सिधै पोखरा गएको हुन्छ । पूर्वपश्चिम पनि यही प्वाइन्टबाट गएको हुन्छ तर बुटवल कहिले रेष्टिङ प्वाइन्ट भएन ।’ जोशीले भने, ‘बुटवलमा किन आउने पर्यटक, होटलमा बस्न मात्र आउँदैनन्। अब बुटवल उपमहानगरमा पर्यटन उपसमिति आवश्यक छ।’

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका महाप्रबन्धक हंस राज पाण्डेयले पर्यटकीय विकासको लागि हवाइ यातायात मात्र नभइ स्थल मार्ग पनि सहज र सुगम हुनुपर्ने बताए । ‘अन्य देशमा विमानस्थलदेखि मुख्य शहरका विन्दुसम्म सटल सर्भिस हुन्छन् । कमसेकम सटल एक्सप्रेस नभए पनि सेड्युल बस सेवा हुन सक्छ ।’ उनले भने, ‘बुटवलको मुख्य ठाउँदेखि एयरपोर्टसम्म यहाँहरुले सुगम बस जोड्दिनुस् । विमानस्थलले के सहकार्य गर्नुपर्छ गछौं ।’

    पाण्डेयले गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलप्रति विदेशी विमान कम्पनीहरुले चासो दिइरहेको भन्दै उनीहरुले अध्ययन गरिरहेकाले ढिलोचाँडो भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुने विश्वास व्यक्त गरे ।

    नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेलले पर्यटन प्रवद्र्धन सम्बन्धी बहस धेरै भएकाले अब ठोस कार्यक्रमका साथ अघि बढ्नुपर्ने उल्लेख गरे । 

    बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरज भट्टराईले बुटवलको पर्यटकीय गुरुयोजना बनाउन संघ तयार रहेको बताए । रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुलीले बुटवलमा पर्यटकीय वातावरण बन्नुपर्ने र त्यसको लागि सबै संघ–संस्था र सरकारी कार्यालयले आफूले गर्न सक्ने कार्यतालिका बनाएर अघि बढ्नुपर्ने बताए ।  

    होटल संघ लुम्बिनीका महासचिव पुरुषोत्तम अर्यालले लुम्बिनी आएका पर्यटकमध्ये ७० प्रतिशत भन्दा बढी नबसी फर्किने भन्दै पर्यटकलाई भुलाउने ठाउँको जरुरी भएको र पर्यटन व्यवसायीले रुपन्देही आएका पर्यटक भुलाउने आधारलाई बढाउनुपर्ने जनाए ।

    मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष माधव नेपालले सरकारको अस्पष्ट नीतिका कारण पर्यटन क्षेत्र समस्यामा परेको र अब गर्न सक्ने योजनालाई प्राथमिकताको आधारमा अगाडि सार्नुपर्ने धारणा राखे ।

    वरिष्ठ पत्रकार डिआर घिमिरे, नेपनल पत्रकार महासंघ रुपन्देहीका सल्लाकार दिनेश पाण्डेले पर्यटकीय क्षेत्रको विकासको लागि गहन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै पर्यटकलाई घुमाउन होटल व्यवसायीहरुले ठोस प्याकेज बनाउनुपर्ने र अब निराशाका कुरा मात्रै नगरी आशालाग्दा विषयमा ध्यान दिन सुझाए ।

    पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक जीवन बन्जाडेले पर्यटन प्रवद्र्धनमा आफूहरु सहकार्य गर्न तयार रहेको भन्दै पर्यटकीय प्याकेजसहितको भिडियो भएमा बसमा यात्रुहरुलाई देखाइने बताए ।

    नेपाल पार्क महासंघका अध्यक्ष खेम लुइटेलले बुटवलको फूलबारीसँगै अन्य ठाउँलाई पनि जोडेर पर्यटकीय विकास गर्नुपर्ने धारणा राखे ।

    लुम्बिनी एक्स्पो मूल आयोजक समितिका संयोजक कृष्ण प्रसाद घिमिरेको अध्यक्षतामा तथा पर्यटन समितिका सदस्य दिवाकर घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा एक्स्पोका पर्यटन उपसमिति संयोजक मनहरी बस्यालले गोष्ठीको उद्देश्यमाथि प्रकाश पारेका थिए । 

    कार्यक्रममा रुपन्देही व्यापार संघका संस्थापक अध्यक्ष मोति ज्ञवाली, डा. सागर न्यौपाने, बलबहादुर आचार्य, पत्रकार सुदीप भण्डारीलगायतले आफ्ना भनाइ राखेका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij