images

शनिवार, बैशाख २२ गते २०८१

नेपाल भारत मैत्री संघ बेलहियाको टोली तीर्थयात्रा गर्न भारत प्रस्थान

नेपाल भारत मैत्री संघ बेलहियाको टोली तीर्थयात्रा गर्न भारत प्रस्थान

images
images
images
आइतवार, पौष १५ २०८०
आइतवार, पौष १५ २०८०
  • नेपाल भारत मैत्री संघ बेलहियाको टोली तीर्थयात्रा गर्न भारत प्रस्थान

    भैरहवा, १५ पुस ।
    नेपाल भारत मैत्री संघ उपशाखा बेलहिया सिद्धार्थनगर–१, रुपन्देहीको टोली तीर्थ यात्रा भ्रमणका लागि भारत प्रस्थान गरेको छ । भारत प्रस्थान गर्नुअघि सिद्धार्थनगर–१ स्थित बुद्धपथमा टोलीलाई आइतबार बिहान विदाइ गरिएको हो । उक्त टोलीले सिद्धार्थनगर–१ स्थित कोटहीमाई मन्दिरमा पूजा गरेको छ ।

    images
    images
    images

    संघका अध्यक्ष तथा भ्रमणका संयोजक पशुपति कान्दुको नेतृत्वको टोलीले भारतको विभिन्न धार्मिक स्थलहरुको भ्रमण गर्ने कार्यक्रम रहेको छ । भ्रमण संयोजक कान्दुले भने, ‘हाम्रो टीम भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाम (देवघर), बासुकीनाथ लगायत स्थानमा पुग्नेछ । ’उनका अनुसार यो टोली पुस १९ गते नेपाल फर्कनेछ ।
    संघका सचिव जीवलाल भट्टराईका अनुसार भ्रमण टोलीमा १९ जना रहेका छन् ।

    भ्रमण टोलीको विदाई कार्यक्रममा बोल्दै नेपाल भारत मैत्री संघ रुपन्देहीका अध्यक्ष श्रीचन्द गुप्ताले यो भ्रमणले नेपाल भारतबीच सम्बन्ध अझ राम्रो र सुमधुर बनाउने बताए । उनले भने, ‘हामी भारत भ्रमणमा जान्छौं, भारतका साथीहरु नेपाल भ्रमणमा आउनुहुन्छ । यसले पर्यटन क्षेत्रको विकाससँगै नेपाल र भारतबीच रहेको रोटीबेटीको सम्बन्धलाई थप प्रगाढ बनाउँछ ।’

    नेपाल भारत मैत्री संघ उपशाखा बेलहियाका वरिष्ठ सल्लाहकार नर्जुन गुरुङले भारत जस्तै नेपाल पनि आर्थिक रुपमा बलियो होस् भन्दै शुभकामना व्यक्त गरे ।

    संघका उपाध्यक्ष गंगाराम पराजुलीले आफूले कार्यबाहक अध्यक्षको जिम्मेवारी बहन गर्ने भन्दै टोलीको सफल यात्राको शुभकामना व्यक्त गरे ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij