images

शनिवार, बैशाख २२ गते २०८१

राज्यद्वारा लुम्बिनी निरन्तर उपेक्षामा पर्‍यो : पूर्वमन्त्री शुक्ल

राज्यद्वारा लुम्बिनी निरन्तर उपेक्षामा पर्‍यो : पूर्वमन्त्री शुक्ल

images
images
images
आइतवार, पौष १५ २०८०
आइतवार, पौष १५ २०८०
  • राज्यद्वारा लुम्बिनी निरन्तर उपेक्षामा पर्‍यो : पूर्वमन्त्री शुक्ल

    भैरहवा, १५ पुस ।
    पूर्व शिक्षामन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का वरिष्ठ सह–अध्यक्ष सर्वेन्द्रनाथ शुक्लले राज्यद्वारा लुम्बिनी निरन्तर उपेक्षामा परेको बताए । उनले साँस्कृतिक केन्द्र हुँदाहुँदै राज्यले सुरुदेखि बुद्ध जन्मस्थल लुम्बिनीमाथि विभेद गरेको बताए ।

    images
    images
    images

    लोसपा नेपाल लुम्बिनी प्रदेश समितिको प्रथम प्रदेश सम्मेलनको शनिबार भैरहवामा उद्घाटन गर्दै नेता शुक्लले लुम्बिनीको गुरुयोजनाले हालसम्म पनि पूर्णता पाउन नसकेको बताए । उनले आफ्नै देशभित्र विभेदको सिकार बनाइए लुम्बिनी पछाडी पर्ने सम्भावना रहेको भन्दै चिन्ता व्यक्त गरे । 

    उनले भने, ‘विभेद अझ कायम राख्ने मानसिकता छ । विगतमा लुम्बिनीमा आएका बजेट काठमाडौंमा खर्च भयो । म पनि केही समय संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री थिए । बजेट बनाउने काम अर्थमन्त्रीले गर्छन् । ’

    उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा एडीबीको ठूलो योगदान रहेको बताए । उनले विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्न सबै मिलेर एकीकृत योजना बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘सबैलाई समेट्दै सुपरीवेक्षण समिति बनाएर द्रुत गतिमा काम अगाडि बढाउनुपर्छ । ’

    उनले आजको समयमा यो देशमा भविष्य छैन भन्ने युवाहरुको सोच रहेको बताए । उनले नो अब्जेशन लेटर लिनेको संख्या बढ्दै गएको बताए । उनले युवामा जीवनस्तर के हुन्छ भन्ने चिन्ता रहेको उल्लेख गरे ।

    उनले भने, ‘विदेश पलायन हुने क्रम बढ्दो छ । खस्कदो अर्थतन्त्र ठूलो चिन्ताको विषय हो । रोजगारीको अवसर छैन । मुलुकमा भ्रष्टाचार बढेको छ । सबैभन्दा डरलाग्दो स्थित भ्रष्टाचार हो । ’

    रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका शुक्लले भ्रष्टाचार एउटा रोग भएकाले यसको नियन्त्रणका लागि भ्रष्टाचार गर्ने व्यक्तिलाई सामाजिक बहिष्कार गर्नुपर्नेमा जोड दिए । उनले जनताको मनमा असन्तुष्टी भएको र त्यो असन्तुष्टी हटाउनुपर्ने बताए । आफू शिक्षामन्त्री हुँदा विभिन्न किसिमका घुम्ती तालिम सञ्चालन गरेको उनले बताए । 

    losapak.jpg

    त्यस्तै लोसपा लुम्बिनी प्रदेश अध्यक्ष, लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले सकारात्मक सोच विश्वको सबैभन्दा ठूलो चुनौति रहेको बताए । उनले नेतृत्व गर्ने व्यक्तिहरुले सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘समाजलाई नकारात्मक दिशातर्फ लैजाने काम नगरौं ।’ कोरोना महामारीपछि विश्वव्यापी रुपमा आर्थिक मन्दी आएको उनले बताए ।

    लुम्बिनी प्रदेशलाई पर्यटनको प्रदेशको रुपमा विश्वमा चिनाउन र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका निम्ति लागिपरेको उनले बताए ।

    पूर्व कृषिमन्त्री तथा लोसपाका वरिष्ठ उपाध्यक्ष अकबाल अहमद शाहले लोसपा सबैको अधिकार चाहने पहिचानवादी पार्टी भएको दावी गरे ।

    कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु पुरन प्रसाद चौधरी, दीप नारायण मिश्रा, लक्ष्मीनारायण वर्मा, सोमनाथ जनैदार, लुम्बिनी प्रदेशसभा सदस्य तथा संसदीय दलका उपनेता कन्हैया बनिया, प्रदेशसभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक हेमा बेल्बासे केसी, लोकतान्त्रिक विद्यार्थी संघ लुम्बिनी प्रदेश अध्यक्ष मोहम्मद अली लगायतले बोल्दै लोसपा संघर्षले जन्मिएको पार्टी भएको बताए । लोसपा रुपन्देहीका अध्यक्ष रवि कुमार रौनियारको स्वागत तथा पार्टीका केन्द्रीय सदस्य मोहम्मद इस्लाम खानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij