images

शुक्रवार, बैशाख २१ गते २०८१

निपनिया क्षेत्रको प्राचिन इनारको उद्वार उत्खनन्, कोषले संग्रालयमा राख्ने

निपनिया क्षेत्रको प्राचिन इनारको उद्वार उत्खनन्, कोषले संग्रालयमा राख्ने

images
images
images
शुक्रवार, पौष १३ २०८०
शुक्रवार, पौष १३ २०८०
  • निपनिया क्षेत्रको प्राचिन इनारको उद्वार उत्खनन्, कोषले संग्रालयमा राख्ने

    भैरहवा, १३ पुस ।
    बुद्ध जन्मस्थल लुम्बिनीबाट ७ किलोमिटर दक्षिण निपनिया दानव नदी किनारमा देखिएको कुषाणकालिन माटोद्वारा निर्मित इनारको आकस्मिक उद्वार उत्खनन् (रेस्क्यु एस्काभेसन) सुरु भएको छ ।  

    images
    images
    images

    लुम्बिनी विकास कोषले रुपन्देहीको लुम्बिनी साँस्कृथिक नगरपालिका वडा नम्बर १२ मा पर्ने अमहवा गाउँ नजिकै रहेको निपनियामा वर्षौदेखि बाढीसँगै बगिरहेको बौद्धकालिन सम्पदा अन्तर्गत प्राचीन इनारको उद्वार उत्खनन् गरी संरक्षणका लागि उत्खनन शुरु गरेको हो । 

    कोषले पुरातत्व विभागसँग सहकार्य गरेर पुस ८ गतेदेखि आकस्मिक उद्वार उत्खनन गरिरहेको छ । प्रत्येक वर्ष दानव नदीमा आउने बाढीले बुद्धकालिन इनारहरु धेरै बगिसकेको र त्यसमध्येको एउटा इनारलाई उद्वार उत्खनन गरेर संरक्षण गर्न थालिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

    उनले गत वर्ष पनि कोषका तर्फबाट निपनिया क्षेत्रमा स्थलगत निरीक्षण गर्दा थुप्रै संरचनाहरु भेटिएको तर प्रत्येक वर्ष बाढीसँगै बगेर नष्ट भएकाले कोषका तर्फबाट लगानी गरेर संरक्षण गर्न थालिएको बताए । ‘धेरै इनारहरु बगिसके, त्यसमध्येको बचेको बौद्धकालिन एउटा इनार आउने पुस्तालाई जानकारी गराउने उद्देश्यले संरक्षणका लागि उद्वार उत्खनन् गरिएको हो’ सदस्य सचिव शाक्यले भने । उनले उद्वार उत्खनन्पछि इनारलाई लुम्बिनीको संग्रालयमा राखिने छ । 

    लुम्बिनी विकास कोषको कार्यक्षेत्रमा नपरे पनि अमरहवा गाउँ नजिकैको निपनिया क्षेत्रमा पुरातात्विक भग्नावशेषहरु भेटिएको र इनारको संरक्षणकै लागि उद्वार उत्खनन् गरिएको कोषका पुरातत्व विभागका प्रमुख हिमाल कुमार उप्रेतीले बताए । निपनियामा वर्षेनी पुरातात्विक इनार र अन्य महत्वपूर्ण वस्तुहरु बग्दै गएकाले यसको संरक्षणका लागि कोषका तर्फबाट यो वर्ष आकस्मिक उत्खनन् गरिएको बताए । 

    नदी किनारमा बाढीको उच्च जोखिममा रहेको इनारलाई उद्वार उत्खनन गरी संग्रालयमा सुरक्षित गर्ने गरी उत्खनन् भइरहेको बताए । उत्खनन्का क्रममा प्राचीन समयमा प्रयोग भएका माटोका टुक्राहरु, रेड वेयरहरु, एनविपि, हजार वर्ष पुराना माटाका भाडाहरु प्रशस्त मात्रामा भेटिएको छ । उनले अहिले अनुसन्धान अन्वेषणका लागि भन्दा पनि नदीको किनारमा रहेको इनार संरक्षण गर्ने गरी छोटो अवधिको उद्वार उत्खनन् गरिएको बताए । 

    पुरातात्विक हिसाबले यो क्षेत्र निकै महत्वपूर्ण रहेको बताउँदै भारतका पुरातात्वविद् प्रोफेसर एसबी देवले सन् १९६४ मा उत्खनन गर्दा बुद्धिष्ट साईटको उत्तरापथमा पर्ने व्यापारिक क्षेत्रका रुपमा व्याख्या गरेको पाइन्छ । 
    भारतका प्रख्यात पुरातात्वविद् एसबी देवले बन्जरही र पैसियामा उत्खनन् गर्दा विभिन्न किसिमका माटाका भाँडाकुँडा, कचौरा, बिटबिनाका कचौरा, भाँडा, प्लेट, लामो घाँटी भएका घैँटो, हातबाट बनाइएका भूदेवीको मुखौटो, साँढे, हात्ती, थालहरू, आरी लगायतका सामग्री भेट्टाएका थिए । 

    विकास कोषका पुरातत्व विभागका प्रमुख हिमाल कुमार उप्रेतीको संयोजकत्वमा सुरु भएको उत्खनन्मा कोषका नवराज अधिकारी, अख्तर हुसेन मुसलमान, पुरातत्व विभागका अधिकृत हरि भुसाल, चन्द्रप्रकाश पाठक, शुभेच्छा पोख्रेल र निशा पन्थी खटिएका छन् । उत्खनन्को कोषका सदस्य सचिव सानुराजा शाक्यले शुक्रबार निरीक्षण समेत गरेका छन् । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij