images

शनिवार, बैशाख २२ गते २०८१

गुणस्तरीय र टिपिकल स्वाद दिदै भैरहवा गार्डेन रिसोर्ट

गुणस्तरीय र टिपिकल स्वाद दिदै भैरहवा गार्डेन रिसोर्ट

images
images
images
बिहिवार, पौष १२ २०८०
बिहिवार, पौष १२ २०८०
  • गुणस्तरीय र टिपिकल स्वाद दिदै भैरहवा गार्डेन रिसोर्ट

    पर्यटकीय नगरी भैरहवामा सुविधा सम्पन्न होटल हो–भैरहवा गार्डेन रिसोर्ट । ३० वर्षदेखि होटल तथा पर्यटन क्षेत्रमा क्रियाशिल निर्मल श्रेष्ठको लगानीमा यो होटल सञ्चालनमा आएको हो । यो होटल प्रस्तावित चारतारे हो ।

    images
    images
    images

    गुणस्तरीय र टिपिकल खानाको स्वाद दिदै शान्त र मनोरम ठाउँमा पाहुनाको सत्कार गर्ने योजनासहित रिर्सोट सञ्चालनमा ल्याइएको होटलका प्रबन्ध सञ्चालक निर्मल श्रेष्ठले जानकारी दिए । पाल्पामा होटल द ह्वाईट लेक चलाइरहेका तथा भैरहवामा होटल द ह्वाईट लोटस चलाएका श्रेष्ठले सुविधासम्पन्न पर्यटकमैत्री होटल सञ्चालन गर्ने योजनासहित भैरहवा गार्डेन रिसोर्ट सुचारु गरिएको बताउँछन् ।

    स्वदेशी तथा विदेशी पर्यटकलाई गुणस्तरीय र रैथाने खानालाई प्रर्वद्धन गर्दै पर्यटकीय क्षेत्रको विकासका लागि होटल सञ्चालनमा ल्याइएको होटलका महाप्रबन्धक विरेन्द्रकुमार गुप्ताले जानकारी दिए । ‘भैरहवा गार्डेन रिर्सोटलाई एउटा वास्तबिक गार्डेनको रुपमा विकास गर्न खाजेका छौं,–महाप्रबन्धक गुप्ताले भने–त्यसैले हामीले बजारको कोलाहल र हाई–वे भन्दा केही भित्र भैरहवामा मुटुमा यो होटल सञ्चालन गरेका हौं ।’

    उनी भन्छन्–‘होटलमा आउने पर्यटकलाई पहिला दिने भनेको सत्कार हो, त्यसपछि हामीले दिर्ने सर्भिस र खाना हो, हामीले यी कुरालाई ध्यानमा राखेका छौ, हामीले आथित्यतालाई पहिलो प्राथमिकतामा राखेका छौं ।’

    होटलमा ७६ वटा कोठा रहेका छन् । अहिले पहिलो चरणमा ३८ वटा कोठासहित होटललाई सञ्चालनमा ल्याइएको छ । जसमा सबै डिलक्स रुमको रुपमा रहेका छन् । सबै रुममा मिनी वार, सेफ लकर, टी कफी मेकर, सुविधा सम्पन्न बाथरुमको सुविधा रहेको छ ।

    त्यस्तै होटलमा एकपटकमा ८५ जनासम्म अट्ने क्षमतासहितको रेष्टुरेण्ट, कफी सपको छुट्टै आउटलेट, पुलबार, २५ जना देखि १५० जनासम्म अट्ने छुट्टाछुट्टै कन्फ्रेन्स रुम रहेका छन् । त्यसका साथै स्वीमिङ पुल, फिटनेश सेन्टर, स्पा एण्ड वेलनेस सेन्टर, साउना र स्टिम वाथको सुविधा पनि रहेको छ । होटलमा दक्ष तथा अनुभवी सेफ, बिभिन्न स्तरिय होटल तथा हस्पिटालिटी क्षेत्रका अनुभवी कर्मचारी रहेका छन् । होटलमा पर्याप्त पार्किङका साथै ईलेक्ट्रिक गाडीका लागि चार्जिङ प्वाईन्टको व्यवस्था समेत गरिएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij