images

शनिवार, बैशाख २२ गते २०८१

सगरहवामा कपिलवस्तु मूर्तिकला कार्यशालाको तयारी

सगरहवामा कपिलवस्तु मूर्तिकला कार्यशालाको तयारी

images
images
images
मंगलवार, पौष १० २०८०
मंगलवार, पौष १० २०८०
  • सगरहवामा कपिलवस्तु मूर्तिकला कार्यशालाको तयारी

    भैरहवा, १० पुस ।
    प्राचिन कपिलवस्तु राज्यका शाक्यहरुको सामूहिक बध गरेको बुद्धकालिन कपिलवस्तुको सगरहवामा आगामी पुस २३ गते देखि माघ ८ गतेसम्म कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला हुने भएको छ । लुम्बिनी विकास कोषको मुख्य आयोजना तथा कपिलवस्तु नगरपालिकासहित विभिन्न संघ–संस्थाहरुको सहकार्यमा सगरहवा क्षेत्रको पुरातात्विक महत्व उजागर गर्दै पर्यटन प्रर्वद्धन गर्ने गरी मूर्तिकला कार्यशाला गर्ने तयारी गरिएको हो । 

    images
    images
    images

    मंगलबार कोषसहित प्रदेश सांसद्, स्थानीय तहका जनप्रतिनिधि, कपिलवस्तु राष्ट्रिय मूर्ति कार्यशाला उपसमितिका संयोजकहरुसहितको बैठकले कार्यशालाको मितिसँगै तयारीका कामहरु गर्ने निर्णय गरेको छ ।

    बैठकलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य एंव पूर्व स्वास्थ्यमन्त्री विष्णु पन्थीले कपिलवस्तुको सगरहवा पुरातात्विक र ऐतिहासिक थलो भएकाले यहाँ हुने मूर्ति कार्यशालाले यसको प्रवद्र्धन गर्ने बताए ।  

    गौतमबुद्धले २९ वर्ष बिताएको तिरौटाकोट दरबारसहित ७ वटा बुद्धका महत्वपूर्ण क्षेत्र भएर पनि ओझेलमा परेको बताउँदै अब कपिलवस्तुको विकास नरोकिने उनले बताए । उनले सगरहवासहित कपिलवस्तु नगरपालिकामा रहेका बुद्धकालिन स्थलहरुको संरक्षणका लागि लुम्बिनी विकास कोषसँगै प्रदेश र स्थानीय सरकारबीच सहकार्य सुरु भएको समेत बताए ।  उनले सगरहवा प्राचिन शाक्यहरुको राज्य रहेकाले यसको विकाससँगै त्यहाँको पुरातात्विक महत्व पनि आम मानसिहरुलाई थाहा हुने बताए । 

    लुम्बिनी कोषका कोषाध्यक्ष एवं मूर्ति कार्यशाला निर्देशक समितिका संयोजक सिद्धिचरण भट्टराई (ढुण्डिराज) ले सगरहवा ऐतिहासिक र पुरातात्विक स्थल रहेको र यसको प्रवद्र्धनका लागि स्थानीयहरुको अपनत्व हुने गरी कार्यशाला गर्न खोजिएको बताए । उनले गत वर्ष नै कार्यशालाको तयारीका कामहरु भइसकेको बताउँदै अब पुस २३ देखि माघ ८ गतेसम्म स्थानीयस्तरमा गठन गरिएको उपसमितिहरु लाग्न आग्रह गरे । 

    बैठकमा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, वडा नम्बर ९ का वडाअध्यक्ष दीपक थापा लगायतले बोल्दै मूर्ति कार्यशाला सम्पन्न गर्नका लागि स्थानीय सरकारका तर्फबाट सक्दो सहयोग हुने प्रतिवद्धता व्यक्त गरे । 
    बैठकमा विज्ञ समितिका संयोजक एवं बौद्ध विषयका विज्ञ पोमनारायण पौडेल, गुणाखर गैरे, पत्रकार भेषराज पाण्डेयले सगरहवाको ऐतिहासिकता ढुंगामा कुद्ने कार्यले पर्यटक आर्कषित गर्ने बताए । 

    बैठकले उपसमितिहरुको नामावली अनुमोदन गरी पुस १५ गतेभित्र बैठक बसेर कार्ययोजना पेश गर्नुपर्ने र पुस २२ गते पत्रकार सम्मेलन गर्ने निर्णय समेत गरेको लुम्बिनी विकास कोषका तिलौराकोट प्रमुख एवं कार्यशाला सचिवालय सचिव माधव प्रसाद आचार्यले जानकारी दिए ।  

    शाक्यमुनी बुद्धको जीवनको उतारार्धतिर कोशाला राज्यका राजा विरुढकले प्रतिशोधका कारण कपिलवस्तु राज्यका शाक्यहरुको बध गरेको स्थानका रुपमा सगरहवालाई चिनिन्छ । सगरहवामा सन् १८९७ मा नेपाल सरकारको तर्फबाट डा. फुरहरद्वारा गरिएको उत्खनन अन्वेषणमा ठूलो र वर्गाकार स्तुपको चारै दिशामा ससना स्तुपा र १७ वटा ठूला स्तुपा एंव मुख्य स्तुपाभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल लगायतका सामग्री भेटिएको थियो ।  

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij