images

शनिवार, बैशाख २२ गते २०८१

बुटवल मेला : सार्वजनिक बिदामा दर्शकको घुँइचो

बुटवल मेला : सार्वजनिक बिदामा दर्शकको घुँइचो

images
images
images
मंगलवार, पौष १० २०८०
मंगलवार, पौष १० २०८०
  • बुटवल मेला : सार्वजनिक बिदामा दर्शकको घुँइचो

    बुटवल, १० पुस । 
    रुपन्देहीको बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको छैठौं दिन दर्शकको अत्यधिक घुँइचो बढेको छ । मंगलबार मात्रै ८० हजार बढीले मेला अवलोकन गरेको मेला आयोजक रुपन्देही व्यापार संघ बुटवलले जनाएको छ । उधौली पर्वको अवसरमा सार्वजनिक बिदा भएकाले दर्शकहरुको घुँइचो बढेको थियो ।

    images
    images
    images

    ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ पुस ५ गतेदेखि बुटवल मण्डपमा सञ्चालित मेलाको छैठौं दिन हालसम्मकै धेरै दर्शक आएको मेला संयोजक एवं संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताए । 

    मंगलबार मेलाका स्टल, होटेल–रेष्टुरेण्ट र बाल उद्यानमा उत्साहजनक व्यापार भएको र स्टलधनीहरु सन्तुष्ट भएको संघका महासचिव दयानिधी भण्डारीले बताए । मंगलबार मात्रै मेलामा रहेका ६ सय ६० स्टलहरु तथा बाल उद्यानबाट १० करोड हाराहारीमा व्यापार भएको अनुमान गरिएको भण्डारीले बताए ।

    मंगलबार मेलामा डान्स आइडलको टपटेन प्रतिष्पर्धा सुरु भएको सांस्कृतिक कार्यक्रमका संयोजक प्रकाशराज पौडेलले जानकारी दिए । त्यस्तै मंगलबार चर्चित लोक तथा दोहोरी गायिका प्रिती आलेले आफ्नो प्रस्तुतीमार्फत दर्शकहरुलाई नचाएकी थिइन् । 

    बुधबार गायक तथा हास्य कलाकार राजा राजेन्द्र पोखरेल, गायिका सपना गाहा मगर, गायक दामोदर बस्याल, डान्सर बबिता बोहोरा र गायिका बिन्दु परियारको प्रस्तुती रहनेछ । त्यस्तै बुधबार नै लोक भजन प्रतियोगिता, लोकदोहोरी प्रतियोगिवताको सेमिफाइनल, डान्स आइडल र अन्य विविध साँस्कृतिक कार्यक्रम हुनेछ ।
    बुटवल मण्डपस्थित निर्माणाधीन प्रदर्शनी केन्द्रमा व्यापार मेला पुस १८ गतेसम्म चल्ने छ ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij