images

मंगलवार, बैशाख २५ गते २०८१

गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न भइरहेको आन्दोलनप्रति नेकपा (एस) सिद्धार्थनगरको ऐक्यवद्धता

गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न भइरहेको आन्दोलनप्रति नेकपा (एस) सिद्धार्थनगरको ऐक्यवद्धता

images
images
images
बुधवार, पौष ४ २०८०
बुधवार, पौष ४ २०८०
  • गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न भइरहेको आन्दोलनप्रति नेकपा (एस) सिद्धार्थनगरको ऐक्यवद्धता

    भैरहवा, ४ पुस ।
    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भइरहेको आन्दोलनप्रति ऐक्वयद्धता जनाएको छ । विमानस्थल पूर्ण सञ्चालनका लागि शान्तिपूर्ण जनदबाब याली तथा विरोध प्रदर्शन कार्यक्रमलाई पूर्ण साथ र सहयोग रहने नेकपा (एस) सिद्धार्थनगरले जनाएको छ ।

    images
    images
    images

    बुधबार विज्ञप्ती जारी गर्दै पार्टीले विमानस्थल सञ्चालनका लागि चाहिने हरेक पूर्वाधार तथा निकाय स्थापना गर्न माग गरेको छ ।

    नेकपा (एस) सिद्धार्थनगरका अध्यक्ष शार्दुल मयुर कसौधनले जनताले तिरेको करबाट अरबौं लगनी भएर निर्माण भएको विमानस्थल र यसको आशमा निजी क्षेत्रबाट भएका अरबौं लगानीका संरचनाहरु प्रयोगबिहीन बन्नु एकदमै गम्भिर विषय भएको बताए । उनले भने, ‘विमानस्थल पूर्ण रुपमा सञ्चालनको लागि माग गर्दछौं । ’ उनले सिद्धार्थ सञ्जाल, रुपन्देहीले गर्ने आन्दोलनका हरेक कार्यक्रममा पार्टीको सक्रिय सहभागीता रहने बताए । विमानस्थल सञ्चालनको लागि सरकारले कुनै कदम नचालेकोप्रति नेकपा (एस) सिद्धार्थनगरको गम्भिर ध्यानार्कषण भएको नगर अध्यक्ष कसौधनले बताए । 

    ‘देशमा संघीयता आइसकेपछि केन्द्रमा रहेका सुविधाहरु विकेन्द्रीकरण हुनुपर्नेमा यी सुविधाहरु मोफसलमा ल्याउन नसक्नु सबैभन्दा ठूलो कमजोरी भएको हामीले औल्याएका छौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जस्ता मोफसलमा अरबौं लगानी भएर निर्माण भएको संरचनाहरुबाट लाभ लिएर राष्ट्रको विकासलाई गति दिन नेपाल सरकारले ठोस कदम चाल्न जरुरी देखिन्छ, ’विज्ञप्तीमा उल्लेख छ ।

    9d20bf70-3c98-4342-80bd-4dc611a6b188.jpeg

    WhatsApp Image 2023-12-20 at 10.59.15 AM.jpeg

    WhatsApp Image 2023-12-20 at 10.59.16 AM.jpeg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij