images

मंगलवार, बैशाख २५ गते २०८१

३० करोड लगानीमा भैरहवामा सञ्चालनमा आयो होटल अल्ट्रा

३० करोड लगानीमा भैरहवामा सञ्चालनमा आयो होटल अल्ट्रा

images
images
images
बुधवार, पौष ४ २०८०
बुधवार, पौष ४ २०८०
  • ३० करोड लगानीमा भैरहवामा सञ्चालनमा आयो होटल अल्ट्रा

    भैरहवा, ४ पुस । भैरहवामा ३० करोड लगानीमा होटल अल्ट्रा इन्टरनेशनल प्रा.लि. सञ्चालनमा आएको छ । सिद्धार्थनगर नगरपालिका–९ स्थित प्रभातपथमा होटल सञ्चालनमा आएको हो ।

    images
    images
    images

    ४ जनाको संयुक्त लगानीमा साढे ३ कठ्ठा क्षेत्रफलमा होटल सञ्चालनमा आएको प्रबन्ध निर्देशक सूर्य प्रसाद दुबेले बताए । आर्थिक केन्द्रको रुपमा रहेको बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवामा होटल सञ्चालनमा आएको दुबेले बताए । ‘भारतको सीमा नजिक रहेको, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रहेको र होटल व्यवसाय सञ्चालन सफलतापूर्वक सञ्चालन हुने कुरालाई मध्यनजर गर्दै यहाँ सञ्चालनमा ल्याएका छौं । पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जना गर्ने पनि हाम्रो उद्देश्य हो, ’उनले भने ।

    होटलमा स्वीट, सेमी-स्वीट, डिलक्स, सुपर-डिलक्स गरी ४० वटा कोठा, सेमिनार हल, बैंक्वेट हल, रेष्टुरेण्ट लगायत सुविधा रहेको उनले जानकारी दिए । विशेष गरी स्थानीय औद्योगिक व्यवसायिक प्रतिष्ठानबाट आउने, लुम्बिनीमा आउने बुद्धिष्ट र भारतीय पर्यटकलाई लक्षित गरिएको उनको भनाइ छ । होटलमा ६० जनाले प्रत्यक्ष रोजगारी पाएको दुबेले बताए । होटल पूर्ण क्षमतामा सञ्चालन गर्न अझै एक/डेढ महिना लाग्ने र होटलमा ग्राहक आउने क्रम सुरु भइसकेको उनले बताए ।

    पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका उपप्रमुख समेत रहेका दुबेले आफ्नो परिवारले २०५८ सालदेखि काठमाडौंको सुन्धारामा सुविधा गेष्ट हाउस सञ्चालन गर्दै आएको बताए । उनले केही समय पश्चात होटलमा ग्रामीण पहाडी भेगको परम्परागत खाना उपलब्ध गराउने लक्ष्य रहेको बताए । उनले राज्यले व्यवसायलाई साथ दिन नसकेको जस्तो अनुभुति भएको बताए । उनले सरकारले व्यवसायीलाई संरक्षण गर्न नसके व्यवसायीहरु पलायन हुने अवस्था आउने सक्ने बताए ।

    होटलका महाप्रबन्धक रिजन सुवालले खाना र सेवालाई प्राथमिकता दिएको बताए । उनले होटलमा स्वादिलो र गुणस्तरीय खाना र नास्ता उपलब्ध गराइने बताए ।

    होटलको सञ्चालकमा सूर्य प्रसाद दुबे, भविश्वर दुबे, तिलक प्रसाद भण्डारी र बालकृष्ण देवकोटा रहेका छन् ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij