२०८२, पौष २५ गते

Jan 09 2026 | २०८२, पौष २५ गते

गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न भइरहेको आन्दोलनप्रति लोसपा रुपन्देहीको ऐक्यवद्धता

मंगलवार , पौष ३, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, ३ पुस ।
    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) जिल्ला कार्यसमिति, रुपन्देहीले राष्ट्रिय गौरवको योजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालन गराउन भइरहेको आन्दोलनप्रति ऐक्वयद्धता जनाएको छ ।

    सरकारको ध्यानाकर्षण गराउँदै गत मंसिर २२ देखि शान्तिपूर्ण आन्दोलन गर्दै आएको सिद्धार्थ सञ्जाल, रुपन्देहीलगायत विभिन्न संघ–संस्थाको आन्दोलनप्रति पार्टीको पूर्ण ऐक्वयद्धता रहेको लोसपाले जनाएको छ ।

    पार्टीका जिल्ला अध्यक्ष रवि कुमार रौनियारले मंगलबार विज्ञप्ती जारी गर्दै विभिन्न व्यवसाय तथा पर्यटन उद्योगलाई चलायमान गराउन विमानस्थल सञ्चालनका लागि आवश्यक निर्णय गर्न सरकारसँग माग राखेका छन्।

    उनले विमानस्थल सञ्चालन गराउन भिसा सेन्टरको स्थापना, श्रम कार्यालय स्थापना गरी श्रम स्वीकृत सहज गराउनुपर्ने, स्वास्थ्य परीक्षण केन्द्रको स्थापना र आवश्यक रहेको थप हवाइ रुटबारे भारत सरकारसँग कुटनीतिक पहल गर्नुपर्ने विज्ञप्तीमार्फत माग गरेका छन् ।

    ‘अब नेपाली जनताको कर तथा एडीबी अनुदान ऋणको अरबौं लगानी भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सुचारु नभएको कारण यस क्षेत्रमा लगानी गरेका व्यवसायीहरुको समेत अरबौं रुपैयाँ जोखिममा परेको छ, ’विज्ञप्तीमा उल्लेख छ । 

    WhatsApp Image 2023-12-19 at 5.38.56 PM.jpeg

    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको माग गर्दै विभिन्न संघ–संस्था आन्दोलनमा उत्रिएका छन् ।