images

मंगलवार, बैशाख २५ गते २०८१

गौतमबुद्ध विमानस्थल सञ्चालनबारे पर्यटन मन्त्रालय र निजी क्षेत्रबीच छलफल

गौतमबुद्ध विमानस्थल सञ्चालनबारे पर्यटन मन्त्रालय र निजी क्षेत्रबीच छलफल

images
images
images
सोमवार, पौष २ २०८०
सोमवार, पौष २ २०८०
  • गौतमबुद्ध विमानस्थल सञ्चालनबारे पर्यटन मन्त्रालय र निजी क्षेत्रबीच छलफल

    काठमाडौं, २ पुस ।
    रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवाला निकायहरुसँग सोमबार छलफल गरेको छ । 

    images
    images
    images

    सिंहदरबारस्थित मन्त्रालयमा सोमबार आयोजित सरोकारवालासँगको छलफलमा विमानस्थललाई कसरी नियमित गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका महाप्रबन्धक हंस राज पाण्डेयले बताए । 

    सिद्धार्थ सञ्जाल, रुपन्देहीले विमानस्थल नियमित रुपमा सञ्चालनको माग गर्दै विमानस्थलको प्रवेशद्वार अगाडि धर्ना कार्यक्रम गरिरहेको छ । त्यस्तै सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, नाट्टा लुम्बिनी प्रदेश लगायत संघ–संस्थाले विमानस्थल सञ्चालनको माग गर्दै सरकारलाई दबाब दिदै आएका छन् ।

    पर्यटनमन्त्री सुदन किराँतीले पुस २ गते सरोकारवाला निकायहरुसँग छलफल गरेर निकास निकाल्ने प्रतिवद्वता अनुसार सोमबार मन्त्रालयमा छलफल आयोजना भएको हो । 

    मन्त्री किराँतीको अध्यक्षतामा बसेको बैठकमा पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, मुख्य सचिव डा. वैकुण्ठ अर्याल, श्रम, रोजगार तथा नागरिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी, नेपाल नागरिक उडड्यन प्राधिकरणका महाप्रबन्धक प्रदिप अधिकारी, सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, सिद्धार्थ होटल एशोसिएनका अध्यक्ष तथा धर्ना कार्यक्रमका संयोजक चन्द्रप्रकाश श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुल प्रसाद न्यौपाने, सोट्टो नेपाल लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष तथा सिद्धार्थ सञ्जालका महासचिव संजय बजिमय, नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश सदस्य खिम बहादुर खत्री, नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष रचना पन्त,  लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली, नेपाल भन्सार एजेण्ट संघ रुपन्देहीका अध्यक्ष मधु प्रसाद पन्थी,  सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्य, महासचिव कृष्ण प्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो ।  

    andolan 6 ggg.jpg

    विमानस्थलका महाप्रबन्धक हंस राज पाण्डेयले गौतमबुद्ध विमानस्थल सञ्चालन, चुनौति र अवसरका विषयमा प्रस्तुतीकरण गरेका थिए । 

    कार्यक्रममा नेपाल नागरिक उड्ययन प्राधिकरणका महाप्रबन्धक प्रदिप अधिकारीले भैरहवा विमानस्थलबाट उड्ने यात्रु शुल्क घटाएर र त्रिभुवन विमानस्थलबाट उड्ने यात्रुको विमानस्थल शुल्क बढाएर भैरहवाको विमानस्थललाई नियमित गराउन प्रस्ताव राखेका थिए । 

    कार्यक्रममा बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले भैरहवाबाट नोयडा विमान सञ्चालन गर्न आफू तयार रहेको बताए ।  

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले केन्द्र सरकारले विकेन्द्रीकरणको निति नलिदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेको बताए । संघले अझै पनि राजधानी केन्द्रीत काम गर्दा विमानस्थल सञ्चालनमा आउन नसकेको उनले बताए । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सबै सरकारले गर्छ भनेर बस्न नहुने बताए । 

    सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले राजधानीका केही व्यक्तिहरुको दबाबका कारण विमानस्थल सञ्चालन हुन नसकेको बताए । विमानस्थलसँग सरोकार राख्ने सबै निकायहरु तत्काल भैरहवामा खोल्नुपर्नेमा जोड दिए । विमानस्थललाई हेरेर भैरहवाका व्यवसायीहरुले अरबौं लगानी गरेको र त्यो ढुब्ने अवस्थामा आएको ज्ञवालीले बताए ।

    andolan 2 aa.jpg

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि बाहिरी पूर्वाधार छैन भनेर प्रचार गर्नु गलत भएको बताए ।

    सिद्धार्थ सञ्जालका वरिष्ठ उपाध्यक्ष तथा धर्ना कार्यक्रमका संयोजक चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल सञ्चालनमा राजधानीबाटै असहयोग भएकाले सरकार गम्भिर बन्नुपर्ने बताए । ‘हामी भैरहवामा ७ हजार पर्यटकहरुलाई एकैसाथ स्वागत गर्न सक्छौ, पूर्वाधारको कुनै कमी छैन, ’श्रेष्ठले भने ।  

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुल प्रसाद न्यौपानेले अन्तर्राष्ट्रिय उडान गरिरहेका विमानहरुलाई भैरहवा जानैपर्ने बाध्यकारी नीति बनाएर भैरहवा पठाउनुपर्ने बताए ।

    पर्यटनमन्त्री सुदन किराँतीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुनेमा ढुक्क रहन आग्रह गरे । ‘म आजैदेखि काममा लागे तपाईहरु हेर्नुहोस् यसको रिजल्ट तपाईहरुले देख्नुहुनेछ, ’उनले भने । 

    ‘आजबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित गर्नेमा सबै निकायहरुसँग छलफल सुरु भयो हामी छिट्टै भैरहवा–दिल्ली, भैरहवा–नोयडा उडान गर्छांै ।’ साथै भैरहवाको विमानस्थल हेण्डलिङ गर्ने कम्पनीलाई जिम्मेवारी दिइ उक्त कम्पनीले एउटा उडान जसरी पनि अनिवार्य गर्ने गरी कार्यान्वयन गर्ने तयारीमा छौं, ’मन्त्री किराँतीले भने ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij