images

बुधवार, बैशाख २६ गते २०८१

उपाध्यक्ष डा. लामा र राजदुत युताकाबीच भेटवार्ता

उपाध्यक्ष डा. लामा र राजदुत युताकाबीच भेटवार्ता

images
images
images
सोमवार, पौष २ २०८०
सोमवार, पौष २ २०८०
  • उपाध्यक्ष डा. लामा र राजदुत युताकाबीच भेटवार्ता

    भैरहवा, २ पुस ।
    संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) र नेपालका लागि जापानी राजदूत किकुता युताकाबीच सोमबार भेटवार्ता भएको छ । 

    images
    images
    images

    भेटमा बुद्ध जन्मस्थल लुम्बिनीको धार्मिक, ऐतिहासिक र पुरातात्विक विकास एंव लुम्बिनी गुरुयोजना लगायतका विषयमा उपाध्यक्ष डा. लामा र राजदुत किकुताबीच छलफल भएको हो । 

    उपाध्यक्ष लामाले बुद्धजन्मस्थल लुम्बिनी विश्व शान्तिको केन्द्र भएको बताउँदै यसको विकासका लागि जापानसँग कोषले सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए ।  सन् १९७८ मा जापानिज बास्तुकलाविद् केन्जो टाङ्गेले तयार पारेको लुम्बिनी गुरुयोजना कार्यान्वयनका सम्बन्धमा पनि राजदूतसँग उपाध्यक्ष लामाले छलफल गरे ।  

    भेटमा राजदुत युताकाले विश्वभरका बौद्धमार्गी र शान्तिका अनुयायीहरुको पवित्र स्थल लुम्बिनी भएकाले यसको विकासमा सहकार्य गर्न जापान सदैव तयार रहेको प्रतिवद्धता जनाए । दोस्रो विश्व युद्धपछि जापानमा भएको नरसंहारपछि आफूहरु शान्ति, अहिंसाको मार्गमा रहेकाले आफूहरुका लागि लुम्बिनी पवित्रस्थल रहेको राजदुतले बताए । 

    भेटमा दुई देशबीचको मित्रवत सम्बन्ध, बुद्धजन्मस्थल लुम्बिनीका बारेमा जापानमा प्रचारप्रसार गर्न र लुम्बिनीको विकासका सम्बन्धमा सहकार्यका विषयमा समेत छलफल भएको थियो । 

    राजदुत किकुतालाई उपाध्यक्ष डा. लामासहित कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य लगायतले स्वागत गरेका थिए । राजदुतसहितको टोलीले मायादेवी मन्दिर, शान्तिदीप लगायतका क्षेत्रको भ्रमण पनि गरेको थियो । 

    त्यस्तै सोमबार नै जर्मन राजदुताबासका डेपुटी हेड अफ मिसन डा. स्टेफान रुसकलाई पनि कोषले स्वागत गरेको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij