images

मंगलवार, बैशाख २५ गते २०८१

भैरहवामा सीप स्तरोन्नति तालिम सुरु

भैरहवामा सीप स्तरोन्नति तालिम सुरु

images
images
images
सोमवार, पौष २ २०८०
सोमवार, पौष २ २०८०
  • भैरहवामा सीप स्तरोन्नति तालिम सुरु

    भैरहवा, २ पुस ।
    होटलहरुमा रोजगारी बढाउने उद्देश्यले भैरहवामा ९६ घण्टाको सीप स्तरोन्नति तालिम सुरु भएको छ । भैरहवा तथा यस आसपासमा तालिमले रोजगारी वृद्धि गर्ने अपेक्षा गरिएको छ । होटल संघ नेपाल (हान) को आयोजनामा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना कार्यक्रम अन्तर्गत तालिम सुरु भएको हो । 

    images
    images
    images

    तालिमको उद्घाटन कार्यक्रममा बोल्दै होटल संघ नेपालका महासचिव साजन शाक्यले नेपालमा बढ्दो पर्यटकहरुलाई लक्षित गरी उनीहरुले होटलमा पाउने सेवामा गुणस्तरीयता बढाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताए ।

    नेपाल आउने विदेशी पाहुनाहरुले ७ वटै प्रदेशका होटलहरुमा समान सेवासुविधा एवं अनूभुति गर्न पाउन् भन्ने उद्देश्यले सबै प्रदेशमा यस्ता कार्यक्रमको आयोजना गरिने उनले बताए । महासचिव शाक्यले सरकारले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सके यसले समग्र नेपालकै पर्यटन क्षेत्रमा सकारात्मक असर पुग्ने बताए ।

    सिद्धार्थ होटल एशोसियशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले तालिमले यसै क्षेत्रमा काम गरिरहेकालाई थप दक्ष बनाउने बताए । उनले तालिममा सहभागीहरुका लागि यो सुनौलो अवसर भएको बताउँदै यसमा निरन्तर सहभागी भई लाभ लिन आग्रह गरे ।

    भैरहवास्थित होटल नान्समा आइतबार सुरु भएको तालिम २०२४ को डिसेम्बर १० गतेसम्म ९६ घण्टा सञ्चालन हुनेछ । २० जना सहभागीहरुलाई प्रशिक्षक रामकरण पाण्डे लगायतको टीमले हाउस किपिङबारे तालीम प्रदान गर्ने कार्यक्रम संयोजक सुजैन लामाले जानकारी दिइन् ।

    तालिमको उद्घाटन कार्यक्रममा होटल संघ नेपालका कोषाध्यक्ष युवराज श्रेष्ठ, सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, सोट्टो लुम्बिनीका अध्यक्ष श्रीचन्द गुप्ता लगायतले बोलेका थिए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij