images

मंगलवार, बैशाख २५ गते २०८१

‘जाउँ है पोखरा’ अभियानका प्याकेज सार्वजनिक

‘जाउँ है पोखरा’ अभियानका प्याकेज सार्वजनिक

images
images
images
आइतवार, पौष १ २०८०
आइतवार, पौष १ २०८०
  • ‘जाउँ है पोखरा’ अभियानका प्याकेज सार्वजनिक

    भैरहवा, १ पुस ।  
    होटल संघ पोखरा, नेपालले दुई दशक अघि सुरु गरेको ‘जाउँ है पोखरा’ अभियान अन्तर्गत भैरहवामा शनिबार आयोजित कार्यक्रममा गण्डकी प्रदेश घुमघामका पर्यटकीय प्याकेज सार्वजनिक गरिएको छ ।

    images
    images
    images

    संघ र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा यसपटक पश्चिम नेपाललाई लक्षित गरी शुक्रबारबाट सुरु भएको अभियान अन्तर्गत संघले पाँचवटा प्याकेज सार्वजनिक गरेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

    प्याकेज अन्तर्गत घुमघाम पोखरा, शैक्षिक भ्रमण, मधुमास, पोखरा–मुक्तिनाथ र पदयात्रा प्याकेज रहेका छन् । होटलमा बस्ने, खाने र घुम्ने सम्बन्धी यी प्याकेज दुई रातदेखि चार रातसम्मका र ३ हजारदेखि २६ हजार मूल्यबीचका रहेका छन् ।

    आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्ने मान्यता अनुरुप दुई दशकअघि सञ्चालित अभियानले भैरहवाका अतिरिक्त नेपालगंज, धनगढी र महेन्द्रनगर पनि समेटेको छ र अभियान ४ पुससम्म चल्ने संघका उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

    भैरहवामा आयोजित कार्यक्रमा सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष तथा सिद्धार्थ सञ्जाल, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले उद्घाटनको १८ महिना पुग्दा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालनमा नआउनु दुर्भाग्य भएको बताए । विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न आफूहरुको दबाबमुलक आन्दोलन जारी रहेको उनले बताए ।

    पोखरा पर्यटन परिषद्का अध्यक्ष पोम नारायण श्रेष्ठले पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि सरकारलाई दबाब दिइएको र आफूहरुको धैर्यताको बाँध टुटे आन्दोलन गर्न बाध्ये हुने चेतावनी दिए । विमानस्थल सञ्चालन सम्बन्धि मुद्दामा परिषद्को ऐक्यबद्धता उनले सुनाए ।

    पत्रकार माधव ढुंगानाले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
    पर्यटन विकास परिषद् लुम्बिनीका कार्यकारी अधिकृत रामु जोशीले पर्यटनलाई अब फरक र एकीकृत ढंगले अगाडि बढाउनुपर्ने भनाई राखे । भारतीय पर्यटकका पाँच सय गाडी बेलहिया नाकाबाट पार हुने गरेको उनले बताए ।

    पत्रकार नरेश केसीले पोखरा, लुम्बिनी र चितवनलाई समेटेर गोल्डेन ट्र्याङ्गलको अवधारणा अगाडि बढाउनुपर्ने सुझाव राखे । 

    देशमा १० वर्षे द्वन्द्व चल्दै गर्दा सुरु गरिएको जाउँ है पोखरा अभियानको प्रभाव सकारात्मक पर्दै गएको र अभियानकै कारण देशैभरि नेपालीमा घुम्ने बानीको विकास भएको अध्यक्ष सुवेदीले जानकारी दिए । अहिले पोखरा पुग्ने पर्यटकमध्ये ३५ प्रतिशत हिस्सा नेपालीको रहने गरेको उनले सुनाए । गएको कात्तिक महिनामा पूर्वी नेपालका विभिन्न शहरमा पनि संघले यो अभियान सञ्चालन गरेको थियो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन मिश्रले बोर्डको गठन, बनावट, उद्देश्य र गतिविधिबारे जानकारी गराए ।

    नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष रचना पन्तले पनि पोखरा जाने पर्यटकलाई बेलहिया नाकाबाट पठाउन चाहेको बताइन् ।

    पश्चिमबाट पर्यटकलाई पोखरा पठाउने र पोखराबाट समेत पर्यटकलाई पश्चिम पठाउने उद्देश्य पनि कार्यक्रमले लिएको छ । कोभिड–१९ बाट थला परेको पर्यटनलाई लयमा फर्काउन समेत यो अभियानले बल दिने आयोजक संघका महासचिव राजेन्द्र ढकालले बताए । पोखराका १ हजार २ सय होटलमा ४० हजारलाई एकै दिन सेवा दिन सकिने र यो क्षेत्रमा १५ हजार जनाले रोजगारी पाएको संघले जनाएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij