images

मंगलवार, बैशाख २५ गते २०८१

लुम्बिनीमा विश्व शान्ति धाम निर्माण पुनः सुरु

लुम्बिनीमा विश्व शान्ति धाम निर्माण पुनः सुरु

images
images
images
शनिवार, मंसिर ३० २०८०
शनिवार, मंसिर ३० २०८०
  • लुम्बिनीमा विश्व शान्ति धाम निर्माण पुनः सुरु

    भैरहवा, ३० मंसिर ।
    बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति धामको निर्माण कार्य पुनः सुरु भएको छ । शनिबार एक समारोहबीच धाम निर्माणको पुन सुरुवात गरिएको हो । विश्व शान्ति धाम निर्माणमा सक्रिय महागुरु श्याल्पा तेन्जिग रिन्पोछे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, अमेरिकन दुतावासका प्रवक्ता जेहरा नाक्वीले ढुंगा बिच्छाएर पुन सुरुवात गरेका थिए ।  त्यसपछि उपस्थित सबैजना पालैपालो श्रमदानमा सहभागी भएका थिए ।  

    images
    images
    images

    समारोहमा गुरु रिन्पोछेले कोभिडअघि निर्माण सुरु गरेको रोकिएको काम पुनः सुरुवात गरिएको बताए । करोडौं विदेशीहरु बुद्धको धर्मको लागि लालायीत भएको भन्दै उनले यसबाट नेपालले ठूलो आर्थिक लाभ लिन सक्ने बताए ।

    लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले निर्माण हुन लागेको विश्व शान्ति धामले लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्न ठूलो सघाउ पुर्याउने उल्लेख गरे । यो आयोजना लुम्बिनीको लागि मात्र नभइ संसारकै लागि शान्तिको प्रतिक बन्ने उनको भनाइ छ ।  डा. लामाले यस्ता आयोजना सम्पन्न गर्न सजिलो नभएको भन्दै बुद्ध धर्मप्रति आस्था राख्नेहरुको सहयोगबाट यो निर्माण हुने बताए ।

    नेपालको लागि अमेरिकन राजदुतावासकी प्रवक्ता जेहरा नाक्वीले अमेरिकी नागरिकहरुलाई लुम्बिनीको ऐतिहासिकता र बुद्ध धर्मको महत्वबारे बुझ्न सघाउ पुर्याएको उल्लेख गरिन् । विभिन्न विश्वास र धर्मका मानिसबीच करुणा र मेलमिलाप ल्याउन बुद्धका दर्शन र उपदेशको महत्व रहेको उनको भनाइ छ ।

    कार्यक्रममा पाटाका अध्यक्ष सुनिल शाक्य, गुरु रिन्पोचेका अनुयायी तथा अन्तर्राष्ट्रिय अभियान्ता माइकल संङ्ग र जेम्स स्टरलिंक लगायतले बोल्दै विश्व शान्ति धाम निर्माणले बुद्ध धर्म र दर्शनको महत्व अझ बढ्ने उल्लेख गरे ।  
    ३४ सय वर्गमिटर क्षेत्रफलमा र ४४ मिटर उचाइको विश्व शान्ति धाम ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij